काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजनामा सरकारले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको भन्दै आपत्ति जनाएको छ।
_x000D_
_x000D_
नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एसियाली विकास बैंक (एडिबी)लगायतका दातृ निकायको सहयोगमा सञ्चालित आयोजनामा सरकारले स्वदेशी निर्माण व्यवसायीले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको भन्दै आपत्ति जनाएको हो।
_x000D_
_x000D_
विदेशी लगानीमा सञ्चालित ठूला परियोजनामा नेपाली निर्माण कम्पनीले कामै गर्न नसक्ने गरी ठेक्का सम्बन्धी मापदण्ड तय गरेपछि आफूहरुले सरकारको सो कदमप्रति आपत्ति जनाउनु परेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए।
_x000D_
_x000D_
महासंघले स्वदेशी निर्माण व्यवसायीहरुले कामै गर्न नसक्ने गरी राखिएको मापदण्डबारे स्पष्ट जवाफ दिन पनि सरकारसँग जोडदार माग गरेको छ। महासंघका महासचिव दाहालले नेपाली निर्माण व्यवसायीहरुलाई ठेक्का पट्टामा वञ्चित गरेर विदेशीलाई ठेक्का दिने नियतका साथ सरकारले सो कदम चालेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए।
_x000D_
_x000D_
महासंघले सडक विभाग आयोजना निर्देशनालयले एडिबीको आर्थिक सहायतामा सञ्चालित विद्युत प्रशारण लाइन तथा सडकको स्तरोन्नति कार्यक्रममा राखिएको ठेक्कासम्बन्धी मापदण्डप्रति आपत्ति जनाएको हो। सो आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड विदेशी कम्पनीलाई निर्माणको जिम्मेवारी दिने गरी तय गरिएको महासंघको आरोप छ।
_x000D_
_x000D_
महासचिव दाहालले राष्ट्रले ऋण व्यहोर्ने त्यस्ता खालको आयोजनामा नेपाली निर्माण व्यवसायीहरुले नै काम गर्नसक्ने वातावरण बनाउन सरकारसँग माग पनि गरे। महासंघले पूँजी विदेश पलायन हुन नदिन पनि दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजना नेपाली निर्माण व्यवसायीहरुलाई सहज ढंगले काम गर्न दिने वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।