• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामाजिक सुरक्षा कोष जनतालाई भर-अभरमा सुरक्षा दिने राष्ट्रव्यापी अभियान : मन्त्री विष्ट

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  ०८:३४
1140x725

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोष जनतालाई भरअभरमा सुरक्षा दिने राष्ट्रव्यापी अभियान रहेको बताएका छन्। 

_x000D_ _x000D_

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा बोल्दै मन्त्री विष्टले सुरक्षा योजना नयाँ भएकाले विस्तार गर्दै लैजाने र श्रम-रोजगारको क्षेत्रलाई मर्यादित बनाउने बताए। रोजगारदाताले ढुक्कसँग लगानी गर्ने वातावरण बनेको उनको भनाइ छ।

_x000D_ _x000D_

सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने योजना रहेको उनले बताए। 

_x000D_ _x000D_

ट्रेड युनियन तथा रोजगारदाता कम्पनीहरु पनि यो योजनामा सहमत भएको बताउँदै मन्त्री विष्टले भने, 'सामाजिक सुरक्षा कोषले सबै श्रमिकलाई समेट्छ। १० वर्षभित्र सबैभन्दा ठूलो कोषको रुपमा निर्माण हुनेछ।'

_x000D_ _x000D_

सामाजिक सुरक्षा कोष कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

_x000D_ _x000D_

आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सामेल गर्न सरकारले यो दिवस मनाउन लागेको श्रम मन्त्रालयले जानकारी दिएको छ। 

_x000D_ _x000D_

नेपालमा नयाँ खाका र संरचनाका साथ सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको श्रममन्त्री विष्टको भनाइ छ। रोजगारदाता र श्रमिकबीचको द्वन्द्व व्यवस्थापन गर्दै आन्तरिक श्रम बजारका श्रमिकलाई सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारले कोषमा योगदान गर्ने श्रमिकको दायरा विस्तार गर्ने लक्ष्यका कार्यक्रम सञ्चालनमा ल्याएको हो।। 

_x000D_ _x000D_

मन्त्रालयले ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रम श्रमिकमैत्री र सेवामुखी बनाउँदै लैजाने जनाएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कोषमा योगदान गर्ने श्रमिकलाई औषधोपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्थामा सुरक्षा गरिने विषय जोडिएका छन्।

_x000D_ _x000D_

योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ६९ ले दिएको अधिकार प्रयोग गरी सरकारले बनाएको उक्त नियमावली तत्काल लागू हुने उल्लेख छ। 

_x000D_ _x000D_

निजी क्षेत्रका श्रमिकलाई औषधि उपचार, दुर्घटना, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्थामा सुरक्षा  दिने उद्देश्यका साथ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालनमा ल्याएको छ। 

_x000D_ _x000D_

सामाजिक सुरक्षा कोषको कार्यक्रम सुरु भएसँगै निजी क्षेत्रका श्रमिकले पनि पेन्सन र उपदान पाउने व्यवस्था लागू हनेछ। यस्तै, बिरामी हुँदा उपचार सुविधा पनि कोषमार्फत कम्पनीले पाउने मन्त्रालयले जनाएको छ। कोषमार्फत आउने सुविधा प्राप्त गर्न कम्तीमा ६ महिना रोजगारी गरी कोषमा योगदान गरेको हुनुपर्नेछ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

योगदानमा आधारित सामाजिक सुरक्षा भएका कारण योगदान नगरेकाले यो सुविधा पाउँदैनन्। यसका लागि रोजगारदाताले आफ्नोमा काम गर्ने श्रमिकको आधारभूत तलबको २० प्रतिशत र श्रमिकले ११ प्रतिशत योगदान गर्नुपर्नेछ।

_x000D_ _x000D_

श्रमिकले योगदान गर्ने १० प्रतिशत सञ्चयकोषको रकम हो जुन रकम श्रमिकले जागिर छोड्दा उपदान पाउने भएमा फिर्ता पाउने र पेन्सन पाउने भएमा सोही रकमबाट कोषले उपलब्ध गराउने व्यवस्था छ। बाँकी १ प्रतिशत कोष सञ्चालनका लागि श्रमिकको योगदान रहने छ। रोजगारदाताले बुझाउने २० प्रतिशतमध्ये १० प्रतिशत श्रमिकको सञ्चयकोषकम जम्मा हुनेछ। यसैगरी ८ दशमलव ३३ प्रतिशत उपदान कोषमा जम्मा हुने भएकाले श्रमिकले नै पाउनेछन्। बाँकी २. ६७ प्रतिशत कोषका अन्य स्किम सञ्चालनका लागि हो।

_x000D_ _x000D_

प्रदेश ३ बाट सूचीकरण सुरु
_x000D_ कोषका कार्यक्रममा सहभागी हुन सरकारले काठमाडौं उपत्यकाभित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताका लागि मंसिर ६ गते नै सूचीकरण सुरु गरिसकेको छ। 

_x000D_ _x000D_

प्रदेश ३ अन्तर्गत काठमाडौं उपत्यका बाहिरका रोजगारदाताले मंसिर १५ गतेदेखि सूचीकरण गर्नुपर्नेछ। यसैगरी, प्रदेश १ का रोजगारदाताले पुस १ गतेदेखि, प्रदेश २ मा पुस १५ देखि, गण्डकी प्रदेश र प्रदेश ५ मा माघ १ गतेदेखि र  कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका रोजगारदाताले माघ १५ देखि सूचीकरण गर्ने गरी मन्त्रालयले कार्यसूची बनाएको छ।

_x000D_ _x000D_

पहिलो चरणमा प्रदेशस्तरमा र पछि देशभर एकै पटक सञ्चालन गर्ने योजना रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।

_x000D_ _x000D_

कार्यान्वयन चुनौतीपूर्ण
_x000D_ श्रम मन्त्रालयलाई कोषका दायराभित्र रोजगारदाता कम्पनी र श्रमिक ल्याउन ठूलो चुनौती हुने देखिन्छ। सामाजिक सुरक्षाका विषय जानकारी कम भएकाले जनचेतना जगाउनका लागि पनि धेरै काम गर्नुपर्नेछ। कार्यन्वयनमा चुनौती भए पनि कार्यक्रम कामदार तथा उनीहरुका परिवारमैत्री हुने देखिन्छ।  

_x000D_ _x000D_

बैंकिङ सुविधा र सूचना तथा सञ्चार सुविधाको पहुँच बाहिर रहेका श्रमिकलाई कोषको सुविधामा ल्याउन समस्या देखिन्छ। त्यस्तै, स्थानीय रोजगारदाता, घरेलु कामदार, ज्यालादारी लगायतका श्रमिकलाई कोषको दायरामा ल्याउन समस्या आउन सक्छ। 

_x000D_ _x000D_

रोजगारदाता कम्पनीलाई कोषको व्यवस्था बुझ्न र त्यसको दायरामा आउन सहमत नहुन सक्छन्। 

_x000D_ _x000D_

नेपालमा अझै पनि श्रम बजारको करिब आधा हिस्सा विदेशी कम्पनीमा कार्यरत छ। ती श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन समस्या देखिन्छ। कोषको व्यवस्थाका विषयमा सरकारले सम्बन्धित सरोकारवालाहरूलाई बुझाउन नसकेको खण्डमा सरकार, रोजगारदाता र श्रमिक संगठनबीच थप द्वन्द्व निम्तिन सक्ने चुनौती छ। 

_x000D_ _x000D_

सामाजिक सुरक्षा कोषका विषयमा अधिकांश श्रमिक जानकार नभएकाले मन्त्रालयले सचेतना कार्यक्रम सञ्चालन अनिवार्य गर्नुपर्ने देखिन्छ। 

_x000D_ _x000D_

सरकारले कोषको दायरामा श्रमिकलाई समेट्न समस्या हुने सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख श्यामराज अधिकारीले बताए। कोषअन्तर्गत सञ्चयकोष र उपदान रकमका दुई महत्वपूर्ण व्यवस्था गरिएको कोषका अधिकारीले जानकारी दिए।

_x000D_ _x000D_

दुर्घटना भएको अवस्थामा कोषले बढीमा ७ लाख रुपैयाँसम्मको उपचार खर्च बेहोर्ने उनी बताउँछन्। श्रमिक र रोजगारदाता सूचीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। अब मंसिर महिनाभित्रै सो काम सकिन्छ’, उनले भने, ‘चालू आर्थिक वर्षमै देशभित्र रोजगारी गरिरहेका २० लाखभन्दा बढी श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने लक्ष्य सरकारले लिएको छ।’

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्