काठमाडौं- नेपालकाे संक्रमणाकालीन मुद्दा समाधान गर्न नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका नेता थाइल्यान्डको बैंकक पुगेका छन्। युनएन, अमेरिका, युराेपियन युनियन लगायत विदेशीलाई मनाउन उनीहरु बैंकक पुगेका हुन्।
_x000D_
_x000D_
स्वीस सरकारको आर्थिक सहायतामा भएको बैठकमा संक्रमणकालीन न्यायमा देखिएको राजनीतिक मतभेद हल गर्न प्रयास हुनेछ। दलहरु र द्वन्द्व पीडितहरुबीच सहमति नहुँदा संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति जुट्न सकेको छैन। त्यसले गर्दा नेपालको शान्ति प्रक्रियाले पूर्णता पाइसकेको छैन।
_x000D_
_x000D_
बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, नेकपाका नेताहरु भीम रावल, जनार्दन शर्मा र हरिबोल गजुरेल सहभागी छन्।
_x000D_
_x000D_
यस्तै, प्रमुख विपक्षी नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।