काठमाडौं- नेपाल वायुसेवा निगमले वार्डडबडी विमान खरिदमा आर्थिक चलखेल नभएको स्पष्ट पारेको छ।
_x000D_
_x000D_
वाईडबडी खरिद गर्दा आर्थिक चलखेल भएको, सिधै कम्पनीसंग खरिद नगरेर बिचौलियासँग खरिद गरिएको भन्दै संसदीय समितिहरुले छलफलको विषय बनाईरहेका बेला निगमले भने विमान खरिदमा कुनै पनि आर्थिक चलखेल नभएको दाबी गरेको हो।
_x000D_
_x000D_
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आईतबार बसेको बैठकमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी विमान खरिद गरिएको बताए। 'आर्थिक लेनदेन भएको छैन। भएको भए प्रमाणित गरेर देखाउनुहोस्' उनले भने।
_x000D_
_x000D_
महाप्रबन्धक कंसाकारले विमानको तौलको बारेमा खरिद सम्झौतामा उल्लेख नभएको दाबी गरे। २ सय ४२ टनको विमान किन्ने सम्झौता गरेर किन २ सय ३० टनको मात्रै किनेको भन्ने समिति सदस्यहरुको जिज्ञासामा उहाँले विमानको तौल बारे उल्लेख नै नभएको बताका हुन्। '२ सय ४२ टन भनेर २ सय ३० टन को किन्यो भन्ने कुरा झुट हो,' उनले भने।
_x000D_
_x000D_
विधिसम्मत विमान खरिदका लागि बोलपत्र आह्वान गरिएकाले आपूर्तिकर्तालाई बिचौलिया भन्न नमिल्ने दाबी गर्दै कंसाकारले महालेखापरीक्षकको प्रतिवेदनलाई गलत नभने पनि विमान खरिद प्रक्रियामा भने कुनै गलत कार्य नभएको जिकिर गरे।
_x000D_
_x000D_
समिति सदस्यहरुले महालेखापरीक्षकको प्रतिवेदनले पनि विमान खरिद सम्झौता कानुनसम्मत नभएको देखाएको र सिधै वाईडबडी निर्माण कम्पनीसंग नकिनेर बिचौलियासँग किन किनेको भनी प्रश्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।