काठमाडौं- लगानी बोर्डले लगानी सम्मेलनको लागि व्यवस्थापन समिति गठन गरेको छ। आइतबार अपरान्ह बसेको लगानी बोर्डको बैठकले अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा लगानी सम्मेलन व्यवस्थापन समिति गठन गरेको हो।
_x000D_
_x000D_
सरकारले आगामी चैतको मध्यमा (मार्च महिनाको अन्तिम हप्ता) लगानी सम्मेलन गर्ने तयारी थालेको छ। त्यसैगरी बैठकले लगानी बोर्डलाई परामर्श दिने गरी ११ सदस्यीय परामर्श समिति बनाउने पनि निर्णय गरेको छ।
_x000D_
_x000D_
समितिमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका निजी तथा स्वतन्त्र व्यक्ति रहने बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले जानकारी दिए। यस्तै आजको बैठकले डोल्मा फन्ड म्यानेजमेन्टले बनाउन लागेको सोलार परियोजनालाई सर्वेक्षण गर्न अनुमति दिने निर्णय समेत गरेको गरेको छ।
_x000D_
_x000D_
नेपालमा सौर्यऊर्जा उत्पादन तथा व्यवस्थापनका लागि डोल्मा फण्ड म्यानेजमेन्टले ल्याउन लागेको २० अर्ब यो परियोजना सौर्यऊर्जा उत्पादनको क्षेत्रमा आउन लागेको यो सबैभन्दा ठुलो वैदेशिक लगानी हो।
_x000D_
_x000D_
डोल्मा फन्ड म्यानेजमेन्टले मुस्ताङको लोमान्थाङ्गमा १ सय पचास मेगावाट र रसुवाको चिलिमेमा १ सय २५ मेगावाटको सौर्यऊर्जा उत्पादन गर्ने अनुमति पाएको छ। यस्तै बैठकले हुवासिन सिमेन्ट र होङ्सी शिवम् सिमेन्टसँग गरेको परियोजना लगानी सम्झौता मा संसोधन गर्दै श्रमिक तथा कर्मचारीको अध्यावधिक विवरण राख्ने निर्णय गरेको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।