• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राज्यकोष दोहनमा व्यापारी दीपक मल्होत्राः निर्यात गरेको भनिएको ७२ हजार मोबाइल खोइ?

64x64
उत्तम काप्री आइतबार, मंसिर ९, २०७५  १२:३४
1140x725

काठमाडौं- नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता कम्पनी इन्टिग्रेटेड मोबाइल सोलुसन (आइएमएस वर्ल्ड) प्रालिका मालिक दीपक मल्होत्राले मोबाइल निर्यातको झुटो विवरण पेस गर्दै शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन खोजको तथ्य खुलेको छ।

_x000D_ _x000D_

मल्होत्राको आइएमएस वर्ल्डले मोबाइल आयात गरी  निर्यात गरिएको भनी आन्तरिक राजश्व विभाग र सर्वोच्चमा पेस गरेको विवरण नै झुटो  भएको तथ्य फेला परेको हो।  

_x000D_ _x000D_

मल्होत्राले आर्थिक वर्ष (आव) २०७४/७५ को साउनदेखि जेष्ठ मसान्तसम्म निर्यात  भएको भनी अदालत र विभागमा पेस गरेको विवरण सोही आवमा नेपालबाट निर्यात भएको कुल मोबाइल सेटको संख्याभन्दा ७२ हजार ४ सय २७ बढी भएको देखिन्छ।

_x000D_ _x000D_

मल्होत्राले आन्तरिक राजश्व विभागमा आइएमएस वर्ल्डमार्फत आयात गरी भन्सार ऐन २०६४ को दफा २ (घ) (छ) (ज), दफा १८ र २५ बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोबाइल निर्यात गरेको भनी आन्तरिक राजश्व विभागमा पेस गरेको विवरण नै झुटो  रहेको रहस्य खुलेको छ।

_x000D_ _x000D_

Ncell 2
Ncell 2

मल्होत्राले विभागमा  निर्यात गरेको भनी बुझाएको विवरण र भन्सार विभागको विवरणमा शतप्रतिशत फरक देखिएको छ।

_x000D_ _x000D_

मल्होत्राको आइएमएस वर्ल्ड कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि जेठसम्मको अवधिमा १२ पटक गरी १ लाख ४७ हजार ३ सय १५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजश्व विभागमा पेस गरेको विवरणमा देखिएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

तर,  वैदेशिक व्यापारको तथ्यांक राख्ने भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा भने गत आव २०७४/०७५ मा नेपालबाट जम्मा ७४ हजार ८ सय ८८ वटा मात्रै मोबाइल सेट निर्यात भएको देखिन्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

सरकारी निकायको तथ्यांक र मल्होत्राले निर्यात गरेको  भनी आन्तरिक राजश्व विभाग र सर्वोच्च अदालतमा पेस गरेको मोबाइल सेटको संख्यामा झन्डै शतप्रतिशत फरक देखिएको छ। यो सँगै मल्होत्राले निर्यात गरेको भनिएका ७२ हजार  ४ सय २७ मोबाइल सेट खोइ? भन्ने प्रश्न खडा भएको छ।

_x000D_ _x000D_

तर, यो सबै प्रपञ्च व्यापारी दीपक मल्होत्राले शतप्रतिशत भ्याट फिर्ताका लागि गरेको हुन सक्ने आन्तरिक राजश्व विभागले ठहर समेत गरिसकेको छ।

_x000D_ _x000D_

मल्होत्राले आन्तरिक राजश्व विभागमा पेस गरेको निर्यात प्रमाण पत्रमा समेत प्रश्न खडा हुने भन्सार विभाग स्रोत बताउँछ। भन्सार विभागको तथ्यांकमा नेपालबाट निर्यात भएका सबै मोबाइल संयुक्त अरब इमिरेटस् (दुबई) गएको देखिन्छ। मल्होत्राको कम्पनीले पनि मोबाइल दुबई नै निर्यात गरेको दाबी गरेको छ। तर, निर्यात भएका मोबाइल संख्या बढी देखाउनुको एउटा मात्रै उद्देश्य शतप्रतिशत भ्याट र्फिता लिनु हो।

_x000D_ _x000D_

के भन्छन् ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक धनीराम शर्मा?

_x000D_ _x000D_

मलहोत्राको मूल कम्पनी आइएमसले आयातमा पाउने ४० प्रतिशत भ्याट फिर्ताको अधिकारमा दाबी गरेन। अर्को कम्पनी हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत निर्यात गरेको देखाउँदै शतप्रतिशत भ्याट र्फिता माग गर्‍यो। आयात गरिएका मोबाइलमा लागेको भ्याटको ४० प्रतिशत फिर्ता गर्न दाबी गर्ने अधिकार कानुनले दिएको थियो। उक्त दाबी जायज पनि देखिने थियो। उल्टै अर्को कम्पनीलाई बेचेर निर्यात गरेको देखायो। हामीलाई मल्होत्राले किन आफूले पाउने ४० प्रतिशत लिन चाहेनन् भनी शंका लाग्यो। यदि हिमालयन कम्पनी मल्होत्राको नभए तेस्रो पार्टीका लागि उसले पाउने रकम छोडेर किन शतप्रतिशतमा लाग्यो? कानुनले उसलाई दिएको सुविधा छोडेर तेस्रो पक्षका लागि शतप्रतिशत भ्याट फिर्ता लिन लाग्नुको अर्थ यो कम्पनी पनि पनि मल्होत्राकै हो भन्ने हो। यो कुरा हाम्रो अनुसन्धानबाट पनि देखियो। हाम्रो कार्यालय के कुरामा निर्धक्क भयो भने यी सबै कम्पनी मल्होत्राकै हुन् र शतप्रतिशत भ्याट फिर्ताका लागि यो प्रपञ्च गरिएको हो। 

_x000D_ _x000D_

आयात कम्पनीले ४० प्रतिशत मागेको भए कानुन अनुसार हामीले केही गर्न सक्थ्यौं तर, शतप्रतिशत दिन नमिल्ने भन्दै उसले माग गरेको रकम नदिएर फिर्ता पठायौं। त्यसमा पनि १४ करोडभन्दा बढी रकम करदाता कार्यालयले दिन नमिल्ने जवाफ दिएका हौं।  आयातकर्ताको कम्पनीले मागेको अवस्थामा हामीले ४० प्रतिशत रकम दिन बाध्य हुनुपर्थ्यो। तर मल्होत्राकै कम्पनीले शतप्रतिशत भ्याट र्फिताका लागि नै विभिन्न नामका कम्पनी खोलेर प्रपञ्च गरेको जवाफ दिएका हौं। 
_x000D_  
_x000D_ त्यसपछि उनीहरु सर्वोच्च अदालत गए। अदालतले हाम्रो निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गर्‍र्यो। त्यस विरुद्ध हामी पनि भ्याकेटको निवेदन सहित सर्वोच्च गएका छौं। हामीले यसअघि करदाता सेवा कार्यालय बत्तिसपुतलीबाट भ्याट फिर्ता लगेको करीब १ करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता हुनुपर्ने दाबी गरेका छौं। सुनुवाई हेर्दै जाऔं, अदालतले न्याय गर्ला?

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्