काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा ‘दोस्रो राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रर्दशनी’ सुरु भएको छ।
_x000D_
_x000D_
स्वदेशी उत्पादनलाई बढावा दिन आह्वान गर्दै नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा सो प्रर्दशनी सुरु भएको हो। आईतबार एक कार्यक्रमका बीचसंघमा आबद्ध १ सय १७ जनाभन्दा बढी व्यवसायीहरुले स्टल राखेको प्रर्दशनीको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्वदेशी जुत्ता चप्पलको उत्पादनलाई बढावा दिने गरी तत्काल विशिष्ट नीति ल्याउन सरकारसँग माग गरेका छन्।
_x000D_
_x000D_
'केही वर्ष भित्र जुत्ता चप्पलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले व्यवसायीहरुलाई प्रोत्साहित गर्ने खालको नीति ल्याउन ढिलाई गर्न हुँदैन' उनले भने।
_x000D_
_x000D_
प्रर्दशनीमा केटिएम सुज, भेनस सुज, क्वालिटी सुजलगायतका नेपालमै उत्पादित गुणस्तरीय जुत्ता तथा चप्पल प्रर्दशन गरिएको छ। स्वदेशी जुत्ता चप्पललाई प्रोत्साहित गर्न पनि व्यवसायीहरुले आग्रह गरेका छन्। प्रर्दशनी आयोजक समितिका संयोजक रामहरि दुलालले स्वदेशी जुत्ता चप्पललाई प्रोत्हासित गर्न प्रर्दशनी अायोजना गरिएको बताए।
_x000D_
_x000D_
मंसीर २६ गतेसम्म चल्ने प्रर्दशनीमा नेपाली ब्राण्डका गुणस्तरीय जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध गराउने नेपाल जुत्ता चप्पल उत्पादक संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।