इलाम- चियाका लागि प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुने क्रम बढेको छ। खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन्।
_x000D_
_x000D_
किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न सुरु गरिएको किसानहरुको भनाइ छ। उद्योग स्थापना गर्ने लहर चलेपछि अहिले एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन्।
_x000D_
_x000D_
इलाम नगरपालिका–१ स्थित साँखेजुङमा मात्र नौवटा उद्योग स्थापना भएका छन्। यस क्षेत्रका मानिसको प्रमुख आय स्रोत नै चिया भएपछि किसान व्यावसायिक रूपमा चियाखेती तर्फ उन्मुख भएका हुन्।
_x000D_
_x000D_
यहाँका चिया उद्यमी टङ्क दाहालका अनुसार साँखेजुङमा मात्र वार्षिक ४० हजार टन चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन्। यहाँ १० टनदेखि १ सय टनसम्म चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन्।
_x000D_
_x000D_
चिया तथा कफी विकास बोर्डका अनुसार यहाँ ग्रीन हिल अर्थोडक्स चिया, पाथीभरा अर्थोडक्स चिया, कञ्चनजङ्गा अर्थोडक्स चिया, साङ्ग्रिला चिया प्रालि, साकिरा चिया प्रालि, ग्रीन हील सहकारी चिया उद्योग, गजुरमुखी चिया उद्योग, हिमालयन चिया उद्योग र फस्र्ट आवर चिया उद्योग सञ्चालित छन्।
_x000D_
_x000D_
केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले ठूला उद्योगबाट उचित पारिश्रमिक र चियाको तोकिएको मूल्य नपाइने डरले अहिले किसान आफैँले उद्योग खोल्न लागेको बताए।
_x000D_
_x000D_
उनका अनुसार अहिले किसान आफैँ सचेत हुन थालेकाले नाफाकै लागि पनि उद्योग स्थापना गर्न थालेका हुन्। 'अब किसान सचेत भइसकेका छन्, अर्काको दबाबमा बसेर अर्काले दिएको मूल्यमा किसान चित्त बुझाउन चाहँदैनन्', राईले भने, 'ठूला उद्योगले भनेको समयमा ज्याला पनि नदिने भएकाले किसान आफैं उद्यमी बन्न प्रेरित भएका हुन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।