काठमाडौं– निरन्तर रूपमा ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन १४ दशमलव ८२ अंकले घटेको छ। नेप्से परिसूचक अाज १ हजार १ सय ६६ दशमलव ४३ को बिन्दूमा झरेको छ।
_x000D_
_x000D_
आइतबार १ सय ५४ कम्पनीको २५ करोड ६ लाख ४२ हजार ४ सय ७५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०८ अंकले घटेर २ सय ४७ दशमलव ९८ को बिन्दूमा आइपुगेको छ।
_x000D_
_x000D_
आइतबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक घटेको छ। यो समूहको सेयर मूल्य ९६ दशमलव ७६ अंकले घटेको छ। यसैगरी, उत्पादन तथा प्रशोधन समूह ५० दशमलव ५४ अंकले घटेको छ भने जीवन बिमा समूहमा ४४ दशमलव ४ अंकको गिरावट आएको छ।
_x000D_
_x000D_
आइतबारको कारोबारमा एनएमबि बैंकको सर्वाधिक बढी सेयर किनबेच भएको छ। बैंकको ३ करोड ६५ लाख ३७ हजार ८ सय ९६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै सोल्टी होटलको १ करोड २५ लाख ४७ हजार ९ सय ५० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
_x000D_
_x000D_
यस दिन ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले बढेर १ सय ३६ रुपैयाँमा कारोबार रोकिएको छ।
_x000D_
_x000D_
यता मूल्य समायोजनका कारण सर्वाधिक गुमाउनेमा कम्पनीको सूचीमा नाडेप लघुवित्त वित्तीय संस्था र आइएमइ जनसरलका लगानीकर्ता रहेका छन्। नाडेपको सेयर मूल्य प्रतिकित्ता ६ सय २२ रुपैयाँले घटेको छ भने आइएमइ जनरलको सेयर मूल्य २ सय ७३ रुपैयाँले घटेको छ।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।