काठमाडौं- सरकारका नीति तथा कार्यक्रम कार्यान्वय प्रभावकारी बनाउन प्रक्रिया परिर्वतन गर्न सचिवहरुले सुझाव दिएका छन्। नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो चौमासिक समीक्षा बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरूले केही प्रक्रियागत व्यवस्थालाई परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
_x000D_
_x000D_
'केही प्रक्रियागत जटिलतालाई सुधार गर्दै दोश्रो चौमासिकमा आउदा अपुरा काम पुरा गर्ने तथा सरकारका निर्णय अबिलम्ब कार्यान्वयनमा लैजाने निर्णय भएको छ,' बैठकपछि अर्थमन्त्री डा युवराज खतिवडाले भने।
_x000D_
_x000D_
सरकारका निति तथा कार्यक्रम र निर्णय कार्यान्वयनको प्रक्रिया लामो भएको, अन्तर-मन्त्रालय कार्यक्रम दोहोरिएका तथा आयोजना कार्यान्वयनका लागि विनियोजन भएको बजेट अपुरो देखिएको भन्दै प्रक्रिया सुधार गरिनुपर्ने धारणा राखेका हुन्।
_x000D_
_x000D_
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा तीन दिनसम्म चलेको समीक्षा बैठकपछि सरकारका निर्णय छिटो र प्रभावकारी कार्यान्वयका लागि कार्यन्वयन प्रक्रिया छोटो र सजिलो बनाउने, दोहोरिएका कार्यक्रम हेरेर मिलान गर्ने, अपुरो भएको आयोजनाको बजेट मन्त्रालयले अधिकारक्षेत्र भित्र रहेर रकमान्तर गरि संचालन गर्ने गरि अधिकतम परिचालन गर्ने निर्णय भएको छ।
_x000D_
_x000D_
शनिबार स्वास्थ्य, गृह, परराष्ट्र, रक्षा, संघीय मामिला, महिला, कानुन र अर्थ मन्त्रालयको बजेट कार्यान्वयनको समीक्षा गरिएको थियो।
_x000D_
_x000D_
गृह मन्त्रालयको तर्फबाट सचिव प्रेम कुमार राई,परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, ,रक्षा सचिव बिष्णु प्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम, अर्थ मन्त्रालयका सचिव राजन खनाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेस गरेका थिए।
_x000D_
_x000D_
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले अनुभुति गर्ने गरी काममा केन्द्रित भई जवाफदेही बन्न निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।