पत्रकार अधिकारीको उपन्यास 'धम्बोझी' बजारमा, अंग्रेजी र हिन्दी संस्करण पनि आउँदै

नेपाल लाइभ | २०७५ मङ्सिर ८ शनिबार | Saturday, November 24, 2018 ०९:४४:५४ मा प्रकाशित

काठमाडौं- करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय सरोजराज अधिकारीको उपन्यास 'धम्बोझी' बजारमा आएको छ।

_x000D_ _x000D_

मधेस राजनीति र पछिल्लो मधेस आन्दोलनको आरोह-अवरोहमाथि लेखिएको धम्बोझी उपन्यासमा आञ्चलिक परिवेश  र अवधी भाषिकाको प्रयोग सहितको संवादले देहातको मिठासपूर्ण भाव सञ्चार गरेको छ। नेपालगन्ज, बाँकेको सेरोफेरोमा लेखिएको उपन्यासले मधेसमा राजनीतिक अधिकारको लागि भएको लामो संघर्ष र धोकाधडीलाई आफ्नो विषयवस्तु बनाएको छ।

_x000D_ _x000D_

सांग्रिला बुक्सले पुस्तक प्रकाशन गरेको हो।

_x000D_ _x000D_

सांग्रिलाले आफ्नो प्रकाशन र अन्य गरी करिब तीन सय पुस्तक सिन्धुलीको झाँगाझोली, रातामाटास्थित प्रगतिशील माविका सहायक प्रधानाध्यापक केशव भट्टराईलाई उपलब्ध गराएको छ। 'लेखकले पुस्तक विमोचन कार्यक्रम नगरीकनै बजारमा पठाउन आग्रह गरेपछि विमोचनमा हुने अनुमानित खर्च बराबरको पुस्तक सामुदायिक विद्यालयलाई उपलब्ध गराउने निर्णय गरेका हौं,' प्रकाशक मणि शर्माले भने।

_x000D_ _x000D_

_x000D_ _x000D_

लेखकका चार वटै पुस्तक अनलाइन किताब बिक्रेता किताबयात्रा डटकम र इ-सेवा पसलमार्फत ९ सय ९९ रुपैयाँमा उपलब्ध रहेको शर्माले बताए।

_x000D_ _x000D_

धम्बोझी उपन्यासलाई प्रकाशनले हिन्दी र अंग्रेजी संस्करणमा पनि ल्याउँदैछ। अंग्रेजी र हिन्दी भाषामा सोमेश बर्माले अनुवाद गर्दैछन्।

_x000D_ _x000D_

अधिकारीको यो चौथो पुस्तक हो। यसअघि उनको गैरआख्यान 'जासुसीको जालो: विदेशी गुप्तचरको नेपाल चलखेल' र 'चक्रव्यूहमा चन्द्रसूर्य : राष्ट्रिय सुरक्षा र स्वाधीनताका चुनौती' नामक खोजमूलक पुस्तक प्रकाशन भइसकेका छन् भने आख्यानतर्फ 'रुपबजारकी नोरा' कथा संग्रह प्रकाशन छ।