काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले स्थानीय सरकारले मुख होइन दिमाग चलाउनुपर्ने बताएका छन्। सहकारी क्षेत्रको प्रवर्द्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
_x000D_
_x000D_
डा खतिवडाले स्थानीय सरकारले दिमाग लगाएर आफ्नो दुई वटा हात (निजी क्षेत्र र सहकारी) चलाउन आवश्यक रहेकोमा समेत जोड दिए। भने, ‘स्थानीय सरकारले निजी क्षेत्र र सहकारीलाई प्रभावकारी रुपमा चालाउन सक्यो भने छिट्टै दिगो विकास र आर्थिक समृद्धि प्राप्त हुन्छ।’
_x000D_
_x000D_
सरकार, निजी क्षेत्र र सहकारीबीच प्रतिस्पर्धा नभई साझेदारी हुनुपर्ने उनको भनाइ थियो। ग्रामीण भेगको आर्थिक विकासमा सहकारीले प्रभावकारी भूमिका खेलेको भन्दै उनले सरकार जान नसकेको र निजी क्षेत्र जान नचाहेको ठाउँमा सहकारीले सहयोग गरेको बताए।
_x000D_
_x000D_
'सहकारी र एनजिओलाई एउटै नजरले नहेर्नुस्'
_x000D_
सहकारी र एनजिओलाई एउटै नजरले नहेर्न सहकारीकर्मीलाई प्रदेश ३ का सांसद् पशुपति चौलागाईंले आग्रह गरेका छन्। सहकारीहरु बढ्दो फाइदातर्फ लागेको तर्फ इंगित गर्दै सो कुरा बताएका हुन्।
_x000D_
_x000D_
सहकारीले ग्रामीण भेगको जनताको आर्थिक विकासमा प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ। स्थानीय क्षेत्रको विकासका लागि स्थानीय सरकारले सहकारीलाई प्रभावकारी रुपमा प्रयोग गर्नुपर्ने भन्दै उनले थपे, '६३ लाख सदस्य भएको भनिएको सहकारी क्षेत्रमा यसको प्रभावकारी रुपमा प्रयोग गर्न सकियो भने आर्थिक समृद्धि छिट्टै हासिल गर्न सकिनेछ।’ हाल १३४ सहकारी समस्याग्रस्त रहेको समस्या पनि उनले औंल्याए।
_x000D_
_x000D_
भोलिसम्म काठमाडौंमा चल्ने गोष्ठीमा सहभागी अधिकांशले सहकारी प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।