काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।
_x000D_
_x000D_
बिहीबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको विवाद सल्काएर संघीयता नै असफल बनाउने दाउमा लागेको बताए।
_x000D_
_x000D_
कम्यूनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिएर जनताले अग्निपरिक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउने जिकिर गरे। संघीयता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ व्यवस्थामा अभ्यस्त हुनका लागि ‘ब्रेन वार’ चलाउनुपर्ने तर्क गरे।
_x000D_
_x000D_
केन्द्र सरकारले प्रशासनिक र वित्तीय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको उनले गुनासो गरे। मुख्यमन्त्री शाहीले केही दिनमै प्रधानमन्त्री र मुख्यमन्त्रीहरु बीच हुन लागेको समन्वय परिषद्को बैठकमा यसबारेमा आफूहरुले विशेषरुपमा कुरा उठाउने जानकारीसमेत दिए।
_x000D_
_x000D_
एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बिदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।