काठमाडौं- सरकारको ९ महिने कार्यकालको मूल्यांकन गर्दै नेपाली कांग्रेसले 'नेपाल देशमा सरकार छ? भनी कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको जनाएको छ।
_x000D_
_x000D_
केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले यो ९ महिनामा मुख्य ९ प्रश्नमा सही जवाफ पस्कन सरकार असफल भएको ठहर गरेको छ।
_x000D_
_x000D_
लोकतन्त्र, राष्ट्रवाद, संघीयता, सुशासन, शान्ति सुरक्षा, न्यायालय लगायतमा सरकारले जनतालाई जवाफ दिन नसकेको कांगेसले जनाएको छ।
_x000D_
_x000D_
बुँदागत रुपमा कांग्रेसले भनेको छ:
_x000D_
_x000D_
क) लोकतान्त्रिक संस्कृतिः लोकतान्त्रिक प्रक्रियाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन
_x000D_
_x000D_
(ख) राष्ट्रवादः पुरानो दाबी र पछिल्लो स्थितिको तुलना
_x000D_
_x000D_
(ग) संघीयताः कम्युनिष्ट दर्शनले नहिँडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र?
_x000D_
_x000D_
(घ) सुशासनः नमच्चिने पिङको सय झड्का
_x000D_
_x000D_
(ङ) बजारमूल्यः कम्युनिष्ट सरकार बन्नअघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज
_x000D_
_x000D_
(च) शान्ति सुरक्षाः प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या
_x000D_
_x000D_
(छ) न्यायालयः साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण
_x000D_
_x000D_
(झ) संविधानप्रति अपनत्व विस्तारः सत्तालाई बलियो बनाउन बार्गेनिङ्ग चिप्स, प्रगति शून्य
_x000D_
_x000D_
(ञ) समृद्धि यात्राः विना प्रतिस्पर्धा गेजुवालाई बुढीगण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द।
_x000D_
_x000D_
मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिबद्धता विपरीत रहेको भन्दै कांग्रेसले यसप्रति २४ घन्टामै सार्वजनिक गर्न पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।