काठमाडौं– संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ।
_x000D_
_x000D_
संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो। स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ। सोही समस्यालाई समाधान गर्न उपसमिति गठन गर्नुपरेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
_x000D_
_x000D_
योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमिति आफैंले समय निर्धारण गरी सो कलेजको विवाद समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारी समितिमा पेस गर्नेछ। सभापति घर्तीले उपसमितिलाई सो कलेजको विवाद समाधान हुनेगरी आफ्नो कामलाई तत्काल अघि बढाउन पनि निर्देशन दिइन्।
_x000D_
_x000D_
समितिले समितिका सदस्य तथा सचिवालयका कर्मचारीको ‘क्षमता अभिवृद्धि कार्यक्रम’ पनि सञ्चालन गर्ने तयारी गरेको छ। आगामी मंसीर १६ र १७ गते सो कार्यक्रम गर्ने प्रस्ताव समितिमा पेस भएको समितिका सदस्य भट्टराईले जानकारी दिए। समितिका सदस्य र सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रमको प्रशिक्षकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीलाई राख्ने समितिको योजना छ।
_x000D_
_x000D_
बैठकमा समितिका सदस्यहरुले यसअघि दिइएका निर्देशनलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने गरी समितिले आफ्नो कामकारबाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए। समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले समितिको निर्देशनलाई कार्यान्वयनमा लैजानेगरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
_x000D_
_x000D_
समितिका अर्का सदस्य उमाकान्त चौधरीले परिवर्तनको अनुभूति हुने गरी काम गर्नसक्ने गरी समितिलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले विगतका समितिहरुले दिएको निर्देशन कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर वर्तमान समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने तर्क गरे।
_x000D_
_x000D_
समितिले क्षमता नभएकै कारण आफ्नो कामकारबाही विगतमा प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै समितिका सदस्य तथा सचिवालयका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।