मुम्बई– भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ।
_x000D_
_x000D_
मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ।
_x000D_
_x000D_
एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएको समाचारमा जनाइएको छ।
_x000D_
_x000D_
'हिजो भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आउनुभयो र आलोक नाथविरुद्ध उजुरी दिनुभयो,' एक प्रहरी अधिकारीले भने। उनकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाइ छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।