बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कंग्रेस) आजबाट सुरु हुने भएको छ। उक्त सम्मेलन बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको हो।
सम्मेलन तयारीका लागि ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ।

सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रसारण गर्ने भएका छन्। उक्त प्रसारण रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेबसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ।

उक्त कंग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन्।
चिनियाँ कम्युनिसंट पार्टीको नेशनल कंग्रेस हरेक पाँच वर्षमा बस्ने गर्छ । नेशनल कंग्रेस चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय हो। यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ।
यसले आगामी पाँच वर्षका लागि कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ।
यो पनि: चीनमा कसरी छानिन्छन् राष्ट्रपति र कम्युनिस्ट पार्टीको नेतृत्व?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।