मस्को– रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन्।
_x000D_
_x000D_
प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अष्ट्रेलिया, यूरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई नस्वीकार्न अभियान चलाएको बताइएको छ।
_x000D_
_x000D_
यता रूसले भने इन्टरपोलमा ‘हस्तक्षेप’ गर्ने हङ्गामा मच्चाएर बुधबार दुबई मा हुन लागेको मतदानलाई रूसी उम्मेदवारविरुद्ध प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेको छ।
_x000D_
_x000D_
क्रेमलिनको नजरमा दोषी ठहरिएका कतिपय व्यक्तिलाई इन्टरपोलमार्फत् ‘रेड नोटिस’ अथवा अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गरी संगठनको प्रतिष्ठाविपरित काम हुनसक्ने भन्दै कतिपय सञ्चारमाध्यमले नै रूसविरोधी अभिमत जारी गरेको क्रेमलिनको दाबी छ।
_x000D_
_x000D_
क्रेमलिनले यसलाई अमेरिकाले आफ्नो उम्मेदवार विरोधी अफबाह फैलाउन खोजेको आरोप लगाएको छ।
_x000D_
_x000D_
रूसी गृहमन्त्रालयका अधिकारी तथा इन्टरपोलका वर्तमान उप–प्रमुख अलेक्जेण्डर प्रोकोप्चुक उक्त पदका लागि सम्भावित प्रिय पात्र रहेका छन्।
_x000D_
_x000D_
अमेरिकाका दुबै दल आवद्ध सिनेटरहरूको समूहले यसैहप्ता एउटा खुल्ला पत्र लेख्दै प्रोकोप्चुकलाई इन्टरपोल प्रमुख बनाउनु भनेको ‘फ्याउरोलाई कुखुराको इन्चार्ज’ बनाउनुसरह हुने बताएका थिए।
_x000D_
_x000D_
रूसले निरन्तर रूपमा इन्टरपोलको दुरूपयोग गर्दै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी, पत्रकार तथा समूहमाथि विजयको यात्रा तय गर्दै आएको उनीहरूले बताएका थिए।
_x000D_
_x000D_
उनीहरूले उक्त रणनीतिमा प्रोकोप्चुक आँफै सहभागी हुने गरेको समेत आरोप छ।
_x000D_
_x000D_
इन्टरपोलका प्रतिनिधिहरूले सेप्टेम्बरमा चीनमा पुगेका समय वेपत्ता भएका भनिएका चिनियाँ मेङ होङवेईको स्थानमा नयाँ नेतृत्व चयन गर्नेछ।
_x000D_
_x000D_
बेइजिङ्ले होङवेईले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको बताएपछि हुने उक्त मतदानमा दक्षिण कोरियाली नागरिक तथा इन्टरपोलका कार्यबाहक प्रमुख किम जोङ–याङले रूसी उम्मेदवारको सामना गर्नुहुनेछ। एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।