काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन मन्त्री ढकालले राष्ट्रिय सहमतिको आधारमा पीडितलाई न्याय दिन सरकारले आन्तरिक तयारी गरिरहेको समेत दाबी गरे।
_x000D_
_x000D_
'पीडितको मागअनुसार न्यायको व्यवस्था हुने गरी कानुन निर्माण गर्न सरकार लागी परेको छ,' उनले भने। सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि तोकिएको समय भित्र आफ्नो काम सम्पन्न गर्ने मन्त्रीले बताए। आयोगको म्याद आगामी माघ २६ गते सकिँदैछ।
_x000D_
_x000D_
संविधान, कानुन, सर्वोच्च अदालतको फैसला, मानव अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताका आधारमा पनि राज्यले पीडितलाई न्याय दिनुको विकल्प नरहेको बताए।
_x000D_
_x000D_
विस्तृत शान्ति सम्झौंता भएको १२ वर्ष बित्दा पनि न्याय दिन नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।