काठमाडौं- मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गरेको भन्दै केही समयअघि सरकारले खारेज गरेका भीएलएनलगायतका स्वास्थ्य परीक्षण संस्था ब्युँताउने खेलमा बिचौलिया लागी परेको खुलासा भएको छ।
_x000D_
_x000D_
सरकारीस्तमै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकार र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर भएपछि मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्ने गरी देश तथा विदेशका विभिन्न निजी संस्थाले चलखेल गरिरहेको पाइएको छ।
_x000D_
_x000D_
मलेसियामा विदेशी कामदार आपूर्ति गर्ने संस्था वार्सिन समूहका निर्देशक याङ अबुल कासिमले नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ‘फोमेमा’ नामक संस्थाबाट गराउन केही व्यवसायीसँग भेटघाट गरेको खुलासा भएको छ। कासिमका साथमा मलेसिया बस्ने बंगलादेशी र केही मलेसियाली नागरिकसमेत आएको बताइएको छ।
_x000D_
_x000D_
मलेसियाले नेपालमा ‘फोमेमा’ खोल्नका लागि आफ्नो कम्पनीलाई अधिकार दिएको भन्दै कासिमले म्यानपावर सञ्चालक र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका केही मेडिकल व्यवसायीसँग संस्था खोल्न छलफल गरी कागजात संकलन गरेको पाइएको छ।
_x000D_
_x000D_
कामदारमाथि आर्थिक भार थप्ने मलेसियादेखि नेपालसम्मका बिचौलियाले सक्रिय भएर ठूलो चलखेल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।
_x000D_
_x000D_
गत कात्तिक २९ गतेदेखि काठमाडौंको हयात होटलमा बसेर कासिमले ‘फोमेमा’को जिम्मेवारी दिने भन्दै व्यवसायीलाई आश्वसान बाँडिरहेको तथ्य खुलासा भएपछि नेपाली प्रहरीको फन्दामा पर्ने डरले उनी सोमबार बिहान मलेसिया फकिएका छन्।
_x000D_
_x000D_
कासिमका गतिविधिका विषयमा प्रहरीमा सूचना पुगेपछि पक्राउ पर्ने डरले उनी तत्काल मलेसिया फर्किएको एक मेडिकल व्यवसायीले बताए। कासिमलाई बंगलादेशी नागरिक हनिफले सहयोग गरेको जनाइएको छ। हनिफ यसअघि पनि ठगी मुद्दामा नेपाल प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन्।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपालकै निजी तथा सरकारी अस्पतालबाट गर्ने योजना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए।
_x000D_
_x000D_
‘श्रम मन्त्रालय वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिन्डिकेट हटाउन लागी परेर काम गरिहेको छ। फेरि रोजगारीमा जाने कामदारमाथि एकाधिकार जमाउने खालको सिन्डिकेट मान्य हुँदैन। कुनै संस्थाले चलखेल गरेको थाहा पाएमा तुरुन्तै कारबाही हुन्छ,’ उनले भने।
_x000D_
_x000D_
श्रम समझदारीमा उल्लेख भएका विषय नेपाली र मलेसियाली पक्षले सार्वजनिक गरेका छैनन्। तर भीएलएन, ओएससी, जिएसजी र माइग्राम्स हटाएर सेक्युरिटी स्क्रिनिङ र बायोमेट्रिक मेडिकलका ठाँउमा 'मेडिकल एक्जामिनेसन’ राख्ने विषय मलेसियाका प्रविधिक कमिटीका सदस्यले गरेका थिए। उक्त प्रस्ताव नेपालका प्रतिनिधिले अस्वीकार गरेको बताइएको छ।
_x000D_
_x000D_
गत महिना दुई देशबीच भएका अस्पष्टताका विषयमा परामर्श गर्न प्राविधिक कार्यदल गठन भएको थियो। कार्यदलको बैठक काठमाडौंमा बसेको थियो।
_x000D_
_x000D_
बैठकमा मलेसियाका प्रतिनिधिले मलेसिया कामदार पठाउँदा यसअघि स्थापना भएका बायोमेट्रिक र भीएलएन लगायत संस्था तत्काल बन्द नगरी तिनै संस्थामा कामदारको स्वास्थ्य परीक्षण गर्न प्रस्ताव गरेका थिए।
_x000D_
_x000D_
उक्त प्रस्ताव नेपाली प्रतिनिधिले अस्वीकार गरेको मन्त्रालयका एक कर्मचारीले बताए। त्यसको विकल्पमा ग्लोबल टेन्डर गररे नयाँ कम्पनी छान्ने प्रस्ताव मलेसियाले गरेको भएपनि नेपालले असहमति जनाएको थियो।
_x000D_
_x000D_
श्रम सम्झौता भएको एक महिनासम्म पनि मलेसियाको रोजगारी खुल्ने विषयमा दुवै देशबाट आधिकारिक निर्णय नआएपछि मलेसियाली श्रम बजारप्रति आशंका उत्पन्न हुन थालेको छ।
_x000D_
_x000D_
मलेसियासँग भएका सम्झौताका मुख्य विषय सावजानिक नभएकाले त्यहाँको रोजगारी कहिले खुल्छ भने एकिन छैन। तर, श्रम मन्त्रालयले भने मंसिर दोस्रो साताबाट मलेसियाको रोजगारी खुल्ने बताउँदै आएको छ।
_x000D_
_x000D_
कात्तिक अन्तिम सातादेखि खोल्ने भनिए पनि केही प्रविधिक विषयमा टुङ्गो लाग्न बाँकी भएकाले ढिला भएको मन्त्रालयको भनाइ छ। अब केही दिन भित्र मलेसिया जाने कामदारका हकमा श्रम स्वीकृति जारी हुने मन्त्रालयको दाबी छ।
_x000D_
_x000D_
नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता विफल पार्ने धेरै आर्थिक चलखेल र षड्यन्त्र भएपनि यो विषयमा मन्त्रालयले सचेत रहेको मन्त्रालयका अधिकारीहरूले बेलाबखत संकेत गर्दै आएका छन्। मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थप्ने उद्देश्यका संस्था खोल्न नदिने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।