• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कानुन बने तर बालबालिकासम्म पुगेनन्

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ४, २०७५  ००:४३
1140x725

काठमाडाैं- नेपालले अन्तर्राष्ट्रिय बाल दिवस मनाउन थालेको २८ वर्ष पूरा भएको छ।

_x000D_ _x000D_

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरेलगत्तै  ऐक्यबद्धता जनाएको नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको थियो। यसपछि नेपालमा अन्तर्राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो।

_x000D_ _x000D_

महासन्धिमा हस्ताक्षर भएको समय शिक्षा, स्वाथ्य तथा पोषणका क्षेत्रमा बालबालिकाको पहुँच निकै कम भएको केन्द्रीय बालकल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धिताल बताउँछन्।

_x000D_ _x000D_

बालबालिका सम्बन्धी प्रभावकारी नीति तथा सरकारी योजना नहुँदा बाल मृत्युदर उच्च रहेको उनको विश्लेषण छ।

_x000D_ _x000D_

नेपालले महासन्धिमा हस्ताक्षर गरेपश्चात् बालबालिकाका हितमा बनेका नीति तथा योजनालाई सकरात्मक मान्न सकिन्छ। तर, सरकारको नीति र योजनाको प्रभावकारी कार्यान्वयन नहुनाले बालअधिकारको क्षेत्रमा उल्लेख्य परिवर्तन नआएको बाल अधिकार अभियन्ता प्रविन सिलवाल बताउँछन्। 

_x000D_ _x000D_

वि.सं. २०४८ मा नेपालमा पहिलो पटक बालबालिका सम्बन्धी ऐन बन्यो। त्यसपछि २०५१ मा नियमावली बन्यो। बालश्रम निषेध ऐन, २०५६ लगायतका बालबालिका सम्बन्धी थुप्रै ऐन बने। तर, कुनै पनि ऐन प्रभावकारी रूपमा कार्यान्यवन हुन नसकेको बाल अधिकार अभियन्ताहरूको गुनासो छ। 

_x000D_ _x000D_

वि. सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा बालबालिकाको संख्या १ लाख ४ हजार ७ सय १४ रहेको छ। जसमध्ये ५६ हजार २ सय ६७ बालक र ४८ हजार ४ सय ४७ बालिका छन्। 

_x000D_ _x000D_

बालश्रम

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सोही तथ्यांकलाई आधार मानेर हेर्दा बालश्रम तथा बालविवाहमा उल्लेख्य कमी आएको भने पाइँदैन। बहुक्षेत्रीय कल्स्टर सर्वेक्षण (एमआइसिए) २०१४ अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका श्रममा संलग्न छन्। जसमध्ये १२ देखि १४ वर्ष उमेर समूहका ४४.२ प्रतिशत बालबालिका १४ घन्टासम्म श्रम गर्ने गरेको पाइएको छ। भने १४ घन्टाभन्दा बढी काम गर्ने बालबालिका १५.२ प्रतिशत छन्। 

_x000D_ _x000D_

विभिन्न तथ्यांकलाई आधार मानेर हेर्दा होटल, इट्टा उद्योग तथा यातयातका क्षेत्रमा धेरै बालबालिकाले श्रम गर्ने गरेको पाइएको छ। 

_x000D_ _x000D_

बालविवाह

_x000D_ _x000D_

बालश्रमका क्षेत्रमा मात्र होइन, बालविवाह न्यूनीकरणका लागि वर्षेनी विविध योजना तथा कार्यक्रम बने पनि बालविवाह न्यूनीकरण भने हुन सकेको छैन।

_x000D_ _x000D_

केन्द्रीय तथ्यांक विभागको पपुलेसन मोनोग्राफ २०१४ अनुसार १० देखि १८ वर्ष उमेरका बालबालिकामध्ये २६ दशमलव ३ प्रतिशत बालबालिकाकाे उमेर नपुग्दै विवाह हुने गरेको उल्लेख छ। १७ र १८ वर्ष उमेर समूहका बालबालिकाको विवाह भने ७५ दशमलव ६६ प्रतिशत हुन आउने विभागको तथ्यांक छ।

_x000D_ _x000D_

सडक बालबालिका

_x000D_ _x000D_

देशका विभिन्न उपत्यका तथा सहरमा सडक बालबालिकाको वेवारिसे अवस्था हालसम्म पनि देखिने गरेका छन्। केन्द्रीय बालकल्याण समितिले सार्वजनिक गरेको ‘नेपालमा बालबालिकाको स्थिति २०७४’ मा भने ०७३/०७४मा ६ सय ५६ सडक बालबालिका उद्धार गरिएको तथ्यांक छ।

_x000D_ _x000D_

सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी भइसकेको छ। तर, राजधानी तथा सहरका सडकमा अझै बालबालिकाको अवस्था बेवारिसे देखिनुले कार्यान्वयन प्रभावकारी नभएको बुझाउँछ। 

_x000D_ _x000D_

जाेखिमपूर्ण काममा बालबालिका, रोकिएन दूर्व्यवहार

_x000D_ _x000D_

वर्षेनी बालबालिकाहरू जोखिम तथा दूर्व्यवहारमा पर्ने तथ्यहरू सार्वजनिक भइरहेका छन्। आर्थिक वर्ष ०७३/०७४ मा २ हजार ७ सय ७२ बालबालिका हराएको तथ्य सार्वजनिक भएको थियो।

_x000D_ _x000D_

जसमध्ये बालक १ हजार ४७ र बालिका १ हजार ७ सय २५ रहेका थिए। ती मध्ये ७ सय २० जना बालबालिका मात्र फेला पारिएको बालबालिकाको स्थिति, २०७४ मा उल्लेख छ। महिला तथा बालबालिका सेवा निर्देशनालय, प्रहरी प्रधान कार्यालयले गतवर्ष सार्वजनिक गरेको रिपोर्टलाई आधार मानेर हेर्दा जबरजस्ती करणी अपराधबाट पीडित बालिकाको संख्या ७ सय ४३ छ।

_x000D_ _x000D_

सबैभन्दा बढी १० वर्ष मुनिका बालबालिकामाथि यौन दूर्व्यवहार बढी हुने गरेको छ। बेचबिखनमा परेका बालबालिकाको संख्या २ सय २७ छ। चालू आर्थिक वर्षमा पनि धेरै बालिका दूर्व्यवहारमा परेका छन्। 

_x000D_ _x000D_

यति मात्र होइन, प्राकृतिक विपत्तिका बेला बालबालिका बढी जोखिममा पर्ने गरेका छन्।

_x000D_ _x000D_

यी तथ्यबाट बालबालिकाको क्षेत्रमा सरकारी र गैर-सरकारी क्षेत्रबाट थुप्रै काम भएपनि  अपेक्षाकृत उपलब्धि देखिँदैन। 

_x000D_ _x000D_

‘गैर-सरकारी संस्थामा डलरको खेती’ 

_x000D_ _x000D_

०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरूको प्रवेश भयो। त्यससँगै विभिन्न गैर-सरकारी संस्था पनि स्थापना भए। तथ्यांकअनुसार नेपालमा ३ सयको हाराहारीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था क्रियाशील छन्।

_x000D_ _x000D_

त्यसमध्ये बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा काम गर्ने आइएनजिओ पनि संख्यात्मक हिसाबमा धेरै छन्। त्यसैगरी ५० हजारको हाराहारीमा त नेपालमा एनजिओ रहेको समाज कल्याण परिषद्को तथ्यांकमा उल्लेख छ।

_x000D_ _x000D_

बालबालिकाकै क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्था सयौंको संख्यामा भए पनि विगतका तथ्यांकअनुसार लक्षित बालबालिकामा भने प्रभाव पार्न नसकेको काठमाडौं जिल्ला बाल सञ्जालका अध्यक्ष राजाराम बस्नेत बताउँछन्। उनी भन्छन्, ‘नेपालमा बालबालिकाको क्षेत्रमा क्रियाशील एनजिओ/आइएनजिओ धेरै भएपनि बजेटको सदुपयोग भने हुन सकेको छैन।’

_x000D_ _x000D_

समाज कल्याण परिषद्काे तथ्यांकअनुसार यस वर्षमात्रै युनिसेफ बाहेक २ अर्ब ३५ करोड रुपैयाँ अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले बालबालिकाको शीर्षकमा नेपालमा भित्र्याएका छन्। तर, ती रकम बालबालिकाकै निम्ति लगानी हुन नसकेको बाल अधिकार अभियन्ता सिलवालको भनाइ छ।

_x000D_ _x000D_

‘युनिसेफले आफ्नो २०१८ देखि ०२२ सम्मका लागि १ सय ५० मिलियन अमेरिकी डलर नेपाल भित्र्याएको छ। समाज विकासका नाममा भित्रिने रकम यसमा जोडिएको छैन, हुन त उक्त शीर्षकमा भित्रिने रकम पनि बालबालिकाको क्षेत्रमा खर्च हने गर्छ। नेपालकै एनजिओहरूको बजेट समेत जोडिएको छैन,’ उनी भन्छन्, ‘बर्सेनी यी रकम विगत तीन दशकदेखि नेपालमा आइरहेको छ। यति ठूलो रकम नेपाली बालबालिकाको क्षेत्रमा लगानी हुँदा समेत प्रतिफल किन छैन?’ 

_x000D_ _x000D_

बजेटहरू वर्षेनी कहाँ जान्छन् भनेर खोज्नुपर्ने उनको माग छ। बालबालिकाकै अधिकारका निम्ति आवाज उठाउँदा समेत जेल जानुपर्ने अवस्था आएको उनको गुनासो छ। 

_x000D_ _x000D_

तर, केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक धिताल भने आइएनजिओले के गर्‍यो भनेर एकोहोरो विरोध गर्नुभन्दा पनि कसरी परिवर्तन गर्न सक्छौँ भन्ने विषयमा सोच्नुपर्ने बताउँछन्। ‘वैदेशिक स्रोतको परिचालन हुनु राम्रो कुरा हो। तर, यसलाई गलत प्रयोग गर्न दिनु भएन,’ धितालले भने। 

_x000D_ _x000D_

नेपालमा बालधिकारको नाममा नाममात्रकै कार्यक्रम गैर सरकारी संस्थाले गर्ने गरेको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी अधिकृत राम बहादुर चन्द बताउँछन्। गैर सरकारी संस्था लक्षित समुदाय र वर्गमा नगई केन्द्रमा मात्र बसेर काम गर्ने प्रवृत्ति भएको हुनाले परिवर्तन नआएको उनको बुझाइ छ।

_x000D_ _x000D_

‘उनीहरूले स्वार्थपूर्ति हुने ढंगले काम गरेका छन्। राज्यले पनि आफ्नो आवश्यकता पहिचान गर्न नसक्नुले समस्या निम्तिएको हो,’अधिकृत चन्दले भने। बालक्लबका पूर्व सदस्य एवम् बाल अधिकार अभियन्ता धीरज जोशी भने बालबालिकाको नाममा एनजिओ/आइएनजिओले डलरको खेती गरिरहेका आरोप लगाउँछन्।

_x000D_ _x000D_

‘एनजिओ/आइएनजिओेले बालबालिकाको अधिकारको नाममा डलरको खेती गरिरहेको छ। बालबालिकालाई प्रयोग मात्र गरिरहेको छ,’उनी भन्छन्, ‘होइन भने वर्षेनी बालबालिकामा गरेको लगानी कहाँ जान्छ? के यसको खोजी गर्नु हाम्रो अधिकार होइन?’ राज्यले पनि 'बालबालिका सम्बन्धी विधेयक २०७५' मा बालश्रमलाई प्रसय दिने काम गरेको जोशीको गुनासो छ। 

_x000D_ _x000D_

विधेयक संशोधनमा पहल 

_x000D_ _x000D_

बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको अहितमा रहेको भनेर कुनै पनि गैर सरकारी संस्थाको आवाज नसुनिएको युवा अभियन्ताहरूको गुनासो छ। ‘कुनै पनि गैर सरकारी संस्थाले यस विषयमा आवाज उठाएन,’ बाल अधिकार अभियन्ता नवीनचन्द्र घिमिरेले गुनासो पोखे।

_x000D_ _x000D_

तर, बालबालिका सम्बन्धी विधेयकमा केही त्रुटी भएकाले संशोधनका लागि मन्त्रालयकै ध्यानाकर्षण भएकाे बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीर बहादुर राई बताउँछन्।

_x000D_ _x000D_

नेपाल सरकारले बाल बचाउ, बाल संरक्षण, बाल विकास तथा बाल सहभागिताको विषयमा प्राथमिकता दिँदै विभिन्न योजना तथा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउँदै गएको उनको दाबी छ।

_x000D_ _x000D_

राज्यको विभिन्न निकाय, संघसंस्था तथा स्थानीय तहसँग सहकार्य गर्दै बाल अधिकारलाईं संस्थागत गर्न सरकार क्रियाशील भएको उनी बताउँछन्।

_x000D_ _x000D_

सोही अनुरुपमा एनजिओ तथा आइएनजिओसँग पनि सहकार्य गर्न आवश्यक रहेको उनको भनाइ छ।‘हामीले विगत देखि नै उनीहरूसँग सहकार्य गर्दै आएका छाैँ। 'कानुनका आधारमा व्यवस्थित रुपमा सहकार्य गर्दै जान्छौं,’ उनले भने,‘नेपाल सरकारले समाज कल्याणसँग सम्बन्धित रहेर एउटा आयोग गठन गरेको छ। यही आयोगमार्फत कसरी संस्थाहरू व्यवस्थित गर्ने भन्ने विषयमा काम भइरहेको छ।’

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  ००:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्