काठमाडौं– व्यापारिक तथा आर्थिक सूचना आदानप्रदान गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन काउन्सिल (हेनान) र नेपाल–चीन उद्योग वाणिज्य संघ बीच दुई पक्षीय सम्झौता भएको छ।
_x000D_
_x000D_
चेम्बर भवन जमलमा सोमबार आयोजित कार्यक्रममा दुई पक्षीय सम्झौता भएको हो। दुई पक्षीय प्रतिनिधिमण्डल आदानप्रदान तथा नेपाल र हेनान प्रान्तको व्यापारीक तथा आर्थिक सूचना आदानप्रदान गर्दै व्यापार प्रवर्द्धनमा सहयोग पुर्याउने विषय सम्झौता(एमओयू)मा उल्लेख छ।
_x000D_
_x000D_
सम्झौतामा नेपाल–चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन काउन्सिल हेनानका उपाध्यक्ष चेङ हङ लाईले हस्ताक्षर गरे।
_x000D_
_x000D_
नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्झौताले नेपालको व्यापार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नेपाल अति कम विकसित मुलुक भएकाले सो हैसियतले प्राप्त गर्ने सुविधा प्रयोग गरी उद्योग स्थापना गर्दै उत्पादित वस्तु नेपाल बाहिर निर्यात गरी फाइदा लिन सुझाए।
_x000D_
_x000D_
उनले नेपालको जलविद्युत, कृषि तथा पुर्वाधार विकासमा लगानी गर्न अनुरोध पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।