काठमाडौं- राजधानीमा जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको छ।
_x000D_
_x000D_
काठमाडौं महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेसनमा रजैविक फोहोरकाे विधिको परीक्षण गरिएको हो। माइक्रो-बायो पोजेटिभ व्याक्टेरिया मिसाएर फोहोरको दुर्गन्ध विधिको परीक्षण गरिएको इड्मा इन्टरनेसनलले बताएको छ।
_x000D_
_x000D_
कम्पनी प्रतिनिधिका अनुसार यो विधिले फोहोरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ। फोहोरको दुर्गन्ध हटाउन प्रयोग गरिने यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो। यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन।
_x000D_
_x000D_
निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर फोहोरको दुर्गन्ध हटाउन यसको प्रयोग गरिन्छ। परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।