काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हस्तकला व्यापार मेला’बाट व्यवसायीहरु उत्साहित भएका छन्।
_x000D__x000D_
आइतबार सम्पन्न १६औं हस्तकला व्यापार मेलामा सहभागी भएका व्यवसायीहरु मेलामा भएको कारोबारबाट उत्साही देखिएका हुन्। ५ दिनसम्म चलेको मेला सबै दृष्टिले सफल भएको नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए।
_x000D__x000D_
विदेशीसहित करिब २ सय स्टल रहेको मेलामा सहभागी अवलोकनकर्ताहरुको भीडले पनि आफूहरुलाई उत्साही बनाएको शाक्यको भनाइ छ। मेलामा करिब ९ करोडको कारोबार भएको अनुमान गरिएको छ। मेलामा डेढ लाखले अवलोकन गरेको पनि मेला आयोजक समितिले जनाएको छ।
_x000D__x000D_
मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तर्राष्ट्रिय व्यापारीहरुले पनि स्टल राखेका थिए।
_x000D__x000D_
यता, अवलोकनकर्ताहरुले पनि मेला सहज र सस्तो भएको भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरुले नयाँ–नयाँ वस्तुहरुको उत्पादनले नेपाली हस्तकलाको मेला विगतभन्दा धेरै राम्रो हुँदै गएको पनि स्मरण गरेका छन्।
_x000D__x000D_
मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणका रुपमा राखिएका थिए।
_x000D__x000D_
नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ। नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अर्ब बराबरको खरिद बिक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात हुने गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।