काठमाडाैं– बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवाल बालबालिका सम्बन्धी विधेयक च्यातेको अभियोगमा पक्राउ परेका छन्।
_x000D_
_x000D_
गुड नेभर्स इन्टरनेशनल नेपालले बालबाबालिकाको सहभागितामा आयोजना गरेको बालविवाह विरुद्धको र्याली कार्यक्रमलाई हस्तक्षेप गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले असोज १४ गते आयोजना गरेको बालिका सम्मेलमा सिलवालले बालबालिकाको अहितमा रहेको भन्दै ‘बालबालिका सम्बन्धी विधेयक’ च्यातेका थिए।
_x000D_
_x000D_
सिलवाललाई सोही विधेयक च्यातेको अभियोग लागेकाले सोधपुछको लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृतका डिएसपी काजी कुमार आचार्यले बताए।
_x000D_
_x000D_
‘विधेयक च्यातेको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाहीका लागि गृह मन्त्रालयले आदेश दिएको थियो,’ डिएसपी आचार्यले भने,‘ शनिबार बाल विवाह विरुद्धको एक कार्यक्रममा हस्तक्षेप गर्ने क्रममा उनलाई पक्रेर सोधपुछको क्रममा राखेका छौँ।’
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।