आँखा टिकाएर पल्लो घरको झ्यालमाथि
_x000D_
बसिरहेको होला मानवीर यसबेला पनि
_x000D_
बिदाको दिन ऊ यसै गर्छ,
_x000D_
आक्कल–झुक्कल देख्दो हो एउटा अनुहार झ्यालमा
_x000D_
र मख्ख पर्दो हो त्यसैलाई प्रेम सम्झेर
_x000D_
तर थाहै भएन उसलाई त्यसरी नै त्यही झ्यालमा
_x000D_
अर्का दुई अनुहारले झुक्काएर गएको कुरा!
_x000D_
हर्कबहादुर–
_x000D_
बिचरा उसका पनि आफ्नै पीर छन् बिर्सनु पर्ने
_x000D_
त्यसैले ऊ बिहानैेदेखि पसेको होला भट्टी पसलमा र
_x000D_
ठूली मैयाँलाई सुनाउँदै होला बिर्सन खोजेका प्रेम–कथाहरू
_x000D_
उसलाई धोका दिने परी जस्तै प्रेयसीका कुराहरू
_x000D_
अथवा जिन्दगीमा अब कुनै आइमाईलाई विश्वास
_x000D_
नगर्ने कुराहरू,
_x000D_
उसको पनि यहाँ मन बिसाउने ठाउँ अन्त कहाँ छ र!
_x000D_
पूर्ण, जनक, मोहन र शेखरहरू
_x000D_
जुटेका हुन् रमीको खालमा बाजी थापेर–
_x000D_
‘भरे राति हार्नेको पालो!’
_x000D_
तर भरे पालो पर्ने र नपर्ने सबैका
_x000D_
रित्तिसकेका हुनेछन् गोजीहरू र घर फर्किनेछन्
_x000D_
बिहानका लागि ह्याङ ओभर बोकेर अनुहारभरि।
_x000D_
आफ्नो भने न कतै आँखा टिकाउने झ्याल छ
_x000D_
न कतै मन बिसाउने ठाउँ छ
_x000D_
छ भने एउटै छ छटपटी–
_x000D_
बिदाको दिन यहाँ किन आउँछ?
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।