एजेन्सी – नोबेल पुरस्कार विजेता पाकिस्तानकी मलाला युसुफजाईको जिन्स पाइन्ट लगाएको एक तस्बिर सोसल मिडियामा भाइरल भएपछि उनको चर्को आलोचना भएको छ।
पाकिस्तानी प्रयोगकर्ताहरुले मलालाले जिन्स पहिरिएको विषयलाई लिएर उनलाई भद्दा गाली पनि गरेका छन् । कतिले उनको तुलना पोर्नस्टार मिया खालिफासँग गर्न भ्याइसकेका छन् । यद्यपि यो तस्बिर उनकै हो भन्ने प्रमाणित भइसकेको छैन।
पिके नामको फेसबुक पेजबाट यो तस्बिर पोष्ट गरिएको छ, जसमा उनी जिन्स पेन्ट पहिरिएर हिँडेको देखिन्छ । फोटो पोस्ट भएको १ घन्टामै ३ हजारभन्दा बढीले शेयर गरेका छन् । ट्विटर र इन्स्टाग्राममा पनि फोटो सेयर गरिएको छ।
मलाला १५ वर्षको उमेरमा तालिबान विरुद्धको लडाइँमा एक्लै अगाडि आएकी थिइन् । उनको साहसको कदर गर्दै २०१५ मा नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । २० वर्षीया मलाला अहिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र, दर्शन र अर्थशास्त्र विषय पढिरहेकी छिन्।
सोसल मिडियामा उनलाई समर्थन गर्नेहरुको संख्या पनि उत्तिकै देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।