वाशिंटन (एजेन्सी)- भारतमा ८५ प्रतिशत जनता सरकारमाथि विश्वास गर्ने एक सर्वेक्षणले देखाएको छ । यो सँगै रोचक कुरा के छ भने, अधिकांश भारतीयहरु सैन्य शासन र तानाशाही व्यवस्थाको समर्थन गर्छन् ।
अमेरिकाको प्यू रिसर्च सेन्टरले आफ्नो सर्वेक्षण रिपोर्टमा बताएको छ, 'भारतमा अर्थ व्यवस्था २०१२ देखि ६.९ प्रतिशतको दरले बढिरहेको छ । त्यहाँ ८५ प्रतिशतभन्दा बढी जनता आफ्नो सरकारमाथि विश्वास गर्छन्।'
सर्वेक्षणका अनुसार, लोकतान्त्रिक मूल्यका लागि चिनिने भारतमा ५५ प्रतिशत जनता कुनै न कुनै किसिमको तानाशाहीका समर्थन गर्छन् । तीमध्ये २७ प्रतिशत जनता प्रभावशाली नेता चाहन्छन्।
वैश्विक स्तरमा २६ प्रतिशत जनताले भनेका छन्, शासनको लागि यस्तो व्यवस्था राम्रो हुन्छ, जसमा प्रभावशाली नेता संसद् वा अदालतको हस्तक्षेप बिना निर्णय गर्न सकून् । सर्वेक्षणमा सहभागी ७१ प्रतिशत मानिसले शासनको लागि त्यस्तो अवस्था राम्रो नहुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।