हेटौँडा– प्रदेश ३ सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद गरेको छ। सूर्या गुड्स सप्लार्इ प्रालिमार्फत खरिद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घन्टा चार्ज गरेपछि ४ सय किलोमिटरसम्म चल्ने ३ सय १७ भोल्ट क्षमताको रहेको छ।
_x000D_
_x000D_
विद्युतीय कारलाई १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने बताइएको छ। पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको सो कारलाई ५५ लाख रुपैयाँमा खरिद गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
_x000D_
_x000D_
प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ३ नम्बर प्रदेशमा आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने योजना प्रस्तुत गरेको थियो। मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरिद गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।