काठमाडौं- आगामी बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु हुने भएको छ।
_x000D_
_x000D_
नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुने जानकारी दिएको हो। 'देश भित्रै रोजगारीको अवसर सृजना गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यका साथ सदाझैं यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको छ,' मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए।
_x000D_
_x000D_
पाँच दिनसम्म चल्ने मेलामा करीब १ सय ७० वटा स्टल रहनेछन्। मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीको करिव २० वटा स्टल रहने पनि मेला आयोजक समितिले जनाएको छ।
_x000D_
_x000D_
मेलामा उत्कृष्ट हुने स्टकलाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ। मेलामा काष्ठकला, सुनचाँदी, ऊन तथा सुती र ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणमा रुपमा राखिनेछन्।
_x000D_
_x000D_
अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नु हुने मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा अायोजकले गरेको छ। नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ।
_x000D_
_x000D_
नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरब बराबरको खरीदबिक्री हुने गरेको छ भने सोही अनुपातमा अन्तराष्ट्रिय बजारमा निर्यातसमेत हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।