एजेन्सी- प्रदर्शनमा आएको पहिलो दिनमै सर्वाधिक व्यापारको रेकर्ड आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले बनाउन सफल भयो। आमिर खानको अभिनय, यसअघिका उनका फिल्म, र सँगै देखिएका अमिताभको क्रेजका कारण फिल्मले पहिलो दिन अप्रत्यासित सफलता प्राप्त गर्न सफल भएको थियो।
_x000D_
_x000D_
तर प्रदर्शन पछिका अन्य दिन भने आमिरका लागि सुखद् रहन सकेनन्। फिल्मको व्यापार दिन प्रतिदिन ओरालो लाग्न थालेको छ। १७औं शताब्दीको कथावस्तुमा आधारित फिल्ममा आमिर, अमिताभलगायतका सम्पूर्ण कलाकारले उत्कृष्ट अभिनय गरेपनि निर्देशकीय पक्ष कमजोर रहेको भारतीय फिल्म समीक्षकहरूले उल्लेख गरेका छन्। यही कारण हुन सक्छ फिल्मले दर्शकको मन जित्न सकेन र ुमाउथ पब्लिसिटीुबाट फिल्म चुक्न पुग्यो।
_x000D_
_x000D_
फिल्मले प्रदर्शनको पहिलो दिन ५२ करोड भारतीय रुपैयाँको व्यापार गर्न सफल रह्यो। तर त्यसपछिका दिन भने फिल्मको व्यापार ओरालो लागेको छ। प्रदर्शनको दास्रो दिन २८ करोड, तेस्रो दिन करीब २३ करोड र चौथो दिन करीब १७ करोडको व्यापार गर्न सफल भएको भारतीय बक्स अफिस रेकर्ड छ। फिल्मको यो व्यापार आँकडा भारतीय फिल्म समीक्षकहरूको अनुमानित व्यापारभन्दा निकै कम हो।
_x000D_
_x000D_
फिल्म समीक्षकले प्रदर्शनको पहिलो विकेन्ड (४ दिन)मा करीब १ सय ८० देखि २ सय करोडसम्म व्यापार गर्ने अनुमान गरेका थिए। तर यस अवधिमा १ सय १७ दशमलव ५ करोडको मात्र व्यापार गर्न सफल भएको छ। फिल्मको ४ दिने व्यापार हेर्दा यसअघि प्रदर्शनमा आएका रणवीर कपुरको ‘सञ्जु’ र सलमान खानको ‘टाइगर जिन्दा हें’को व्यापारभन्दा आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ पछि परेको देख्न सकिन्छ।
_x000D_
_x000D_
‘सञ्जु’ले ४ दिनमा १ सय ४५ दशमलव ४१ करोड र सलमानको ‘टाइगर जिन्दा हें’ ले १ सय ५१ दशमलव ४७ करोडको व्यापार गर्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।