• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्मला पन्त हत्या अनुसन्धान : हचुवामै डिएनए परीक्षण, पोलिग्राफदेखि बैंक एकाउन्टसम्म चेक

64x64
नारायण अधिकारी सोमबार, कात्तिक २६, २०७५  ०७:२९
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना पुग्न लाग्दासमेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

_x000D_ _x000D_

साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला भोलिपल्ट ११ गते नजिकैको उखुबारीको पानीमा मृत भेटिएकी थिइन्। लामो समयसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै आइतबारदेखि निर्मलाका बाआमा जिल्ला प्रशासन कार्यालय अगाडि पाल टाँगेर धर्ना बसेका छन्। हत्यारा पत्ता नलागेसम्म धर्ना बस्ने उनीहरुले बताएका छन्।

_x000D_ _x000D_

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धानमा खटिएको प्रहरी टोलीले भने अहिलेसम्म नयाँ तथ्य फेला पार्न सकेको छैन। पन्तको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीबाट समेत टोली खटिएको छ। सिआइबीले अहिलेसम्मको घटनाको कुनै लिंक नै फेला पार्न नसकेको जनाएको छ।

_x000D_ _x000D_

सिआइबीका डिआइजी निरज शाहीले विभिन्न सेक्टरमा अनुसन्धान गर्ने काम भए पनि कुनै नयाँ तथ्य फेला पार्न नसकिएको बताए। नेपाललाइभसँग कुरा गर्दै उनले भने, ‘एउटा लिंक पत्ता लगाउन सके उत्तर आइहाल्थ्यो। लिंक भेट्टाउन सकिएको छैन। अनुसन्धान एकदमै जटिल छ। शंका गर्ने ठाउँ धेरै छ, पुष्टि गर्ने अाधार छैन।’

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धान प्रगति शून्य, हचुवामै डिएनए

_x000D_ _x000D_

बालिका पन्तको बलात्कारपछि हत्यामा गम्भीर लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई हटाएर उनको ठाउँमा एसपी कुवेर कडायतलाई पठाइएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहमन्त्रालय सेवाबाट समेत हटाएको छ। 

_x000D_ _x000D_

विष्टको ठाउँमा जिम्मेवारी सम्हाल्न पुगेका एसपी कडायतको टोलीले अहिले अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा कुनै प्रगति नभएको एसपी कडायतले बताएका छन्। अनुमानकै भरमा चार जनाको डिएनए परीक्षण गर्नुबाहेक कडायतको टोलीले पनि नयाँ क्लु फेला पार्न सकेको छैन।

_x000D_ _x000D_

अनुमानकै भरमा डिएनए परीक्षण गरेकाले प्रहरीले परीक्षण गरिएकाको नाम समेत गोप्य राखेको छ। चार जनाको डिएनए रिपोर्ट आएपछि अन्य व्यक्तिको पनि डिएनए चेक गर्ने एसपी कडायतले बताए।

_x000D_ _x000D_

प्रहरीले डिएनए चेक केही शंका र हचुवाकै भरमा लिँदै आएको प्रहरीकै कुराबाट प्रष्ट भएको छ। अनुसन्धान प्रगति शून्य र लिंक नै पत्ता लाग्न नसकेको भनिरहेको बेला प्रहरीले अन्धाधुन्ध डिएनए परीक्षण गर्दै आएको प्रष्ट हुन्छ।

_x000D_ _x000D_

यसअघि नागरिकको दबाबकै भरमा एसपी डिल्लीराज विष्ट, छोरा किरण विष्ट, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गरिएको थियो। त्यो भन्दाअघि दिलिपसिंह विष्ट, चक्र बडुको डिएनए परीक्षण नेगेटिभ देखिसकेको थियो। 

_x000D_ _x000D_

सोधपुछ र बयान लिनेबाहेक अन्य कुनै काम अनुसन्धानमा खटिएको प्रहरी टोलीले गर्न सकेको छैन। अनुसन्धानमा बालबालिका तथा महिला निर्देशनालयकी एसपी दुर्गा सिंह पनि खटिएकी छिन्। सिंहको टोलीले केही नयाँ कुरा बाहिर ल्याउन सकेको छैन।

_x000D_ _x000D_

पोलिग्राफदेखि बैंक एकाउन्टसम्म चेक 

_x000D_ _x000D_

अनुसन्धानमा खटिएका प्रहरी टोलीबाट नै गम्भीर लापरबाही भएको भन्दै प्रहरी प्रधान कार्यालयले गत भदौ ३१ गते एआइजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो। समितिमा डिआइजी निरज शाही, एसएसपी उत्तम सुवेदी, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीलगायत ९ जना छन्। 

_x000D_ _x000D_

टोलीले अनुसन्धानमा सिआइबीबाट खटिएको टोली, घटनास्थलमा गएको टोली, एसपी विष्टलगायत २० जना प्रहरीमाथि अनुसन्धान गरिरहेको छ। एआइजी बस्न्यातको टोलीले घटनामा प्रत्यक्ष÷अप्रत्यक्ष संलग्न प्रहरी अधिकारीको पोलिग्राफ परीक्षणदेखि बैंक एकाउन्टसम्म चेक गरिसकेको छ।

_x000D_ _x000D_

घटना गुपचुप पार्न आर्थिक चलखेल भएको छ कि भनेर बस्न्यातको टोलीले प्रहरी अधिकारी र उनीहरुका आफन्तहरुको बैंक एकाउन्ट चेक गर्दा समेत कुनै क्लु फेला पार्न नसकेको स्रोतले नेपाललाइभलाई जानकारी दियो।

_x000D_ _x000D_

त्यसैगरी झुटो बोलेको पत्ता लगाउन पोलिग्राफ चेक गर्दा समेत कुनै तथ्य फेला पार्न सकेको छैन। शंकास्पद प्रहरी अधिकारीको मोबाइल चेक, कल डिटेललगायत सबै कुराहरु चेक गर्दा पनि घटनाले कुनै नयाँ कुरा पत्ता लगाउन नसकेको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

त्यस्तै घटनास्थल कञ्चनपुर नै पुगेर फर्किएको एआइजी बस्न्यातको टोलीले घटना लुकाउन कुन प्रहरीले कस्तो भूमिका खेले भन्नेबारे नयाँ तथ्य फेला पार्न नसकेपछि फाइल बुझाउने तयारीमा रहेको स्रोतले जानकारी दियो। 
_x000D_  

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्