जनकपुर– प्रदेश २ को अस्थायी केन्द्र जनकपुर र संघीय राजधानी काठमाडौं आवतजावत गर्ने पर्यटकहरुलाई मध्यनजर गर्दै जनकपुर–काठमाडौं पर्यटकीय बस सेवा सुरु भएको छ।
_x000D_
_x000D_
दीप ज्योती एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालिले सञ्चालन गरेको जनकपुरधाम–काठमाडौं पर्यटकीय बसलाई प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले हरियो झन्डा देखाएर आइतबार उद्घाटन गरे।
_x000D_
_x000D_
उद्घाटनपश्चात् बोल्दै मन्त्री रायले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र तथा दुई प्राचिन शहर जनकपुरधाम र काठमाडौंको पशुपतिनाथ लगायतका धार्मिक क्षेत्रहरुलाई यस पर्यटकीय बस सेवाले टेवा पुर्याउन ठूलो भूमिका खेल्ने जिकिर गरे।
_x000D_
_x000D_
यस्तै कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री अभिराम शर्माले पर्यटन क्षेत्र यस प्रदेशको मुख्य आधार रहेकाले यसलाई संवद्र्धन गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए। शर्माले यस कार्यमा पर्यटन व्यवसायीहरुलाई समेत सहयोग गर्न आग्रह गरे।
_x000D_
_x000D_
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले यस प्रदेशमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै धार्मिक, सांस्कृतिक गन्तव्य स्थानहरुलाई संरक्षण संवद्र्धन गर्न सके प्रदेशले विकासको गतिमा फड्को मार्ने धारणा व्यक्त गरे। उनले मिथिला माध्यमिकी र अन्तरगृह परिक्रमाका हरेक बासस्थानहरुलाई पर्यटकीय दृष्टिकोणले विकास गर्न सके बाह्य पर्यटकहरुलाई १५ दिनसम्म यहाँ राख्न सकिने प्रचुर सम्भावना रहेको जिकिर समेत गरे।
_x000D_
_x000D_
पर्यटकीय बस जनकपुरधामबाट बर्दिबास–सिन्धुली हुँदै काभ्रे–काठमाडौँसम्म सञ्चालन हुने दिपज्योती एडभेन्चर टुर्स एण्ड ट्राभल्स प्रालिका प्रबन्धक दिपक थापाले बताए। जनकपुरधामको भानु चोकबाट बिहान ९ बजे र काठमाडौंको सोह्रखुट्टेबाट बिहान ७ बजे बस छुट्ने प्रबन्धक थापाले जानकारी दिए।
_x000D_
_x000D_
प्रबन्धक थापाले प्रदेश २ र नेपालकै प्रमुख धार्मिक स्थल जनकपुरधामलाई पर्यटनसँग जोड्न उक्त बस सेवा सञ्चालनमा ल्याएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।