काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले लिएको आर्थिक नीतिको चर्को आलोचना गरेका छन्।
_x000D_
_x000D_
सहमहामन्त्री महतले सरकारको आर्थिक नीति तथा क्रियाकलापले मूलुकलाई समृद्ध बनाउन नसक्ने दाबीसमेत गरे। आइतबार पार्टीको आर्थिक नीतिबारे भक्तपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले गलत आर्थिक नीति लिएका कारण मूलुकको उद्योग–व्यापार खस्किँदै गएको तर्क गरे।
_x000D_
_x000D_
उनले विश्व बैंकको प्रतिवेदन उल्लेख गर्दै नेपालमा विदेशी लगानी गत वर्षभन्दा ७५ प्रतिशत घटेको पनि उल्लेख गरे।
_x000D_
_x000D_
सहमहामन्त्री महतले स्थिर सरकार भएको बेला पनि ६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुनु दुःखद भएको टिप्पणी पनि गरे। सरकारले लगानीका लागि आवश्यक कानुनी व्यवस्था गर्न नसकेको सहमहामन्त्री महतको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।