काठमाडौं– स्ट्यान्डर्ड चाटर्ड बैंकले लगानीकर्तालाई नगद लाभांश दिने भएको छ।
_x000D__x000D_
बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैैठकले लगानीकर्तालाई १७ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
_x000D__x000D_
बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश प्रस्ताव गरेको हो।
_x000D__x000D_
राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुगेसँगै वाणिज्य बैंकले लगानीकर्तालाई नगद लाभांश मात्र प्रस्ताव गर्न थालेका छन्।
_x000D__x000D_
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले प्रस्ताव गरेपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।