भद्रपुर- देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम दुवै मिर्गाैला पीडित सम्झना बुढाथोकी (राउत) को उपचार सहयोगका लागि प्रदान गरिएको छ।
_x000D_
_x000D_
शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी भैलो खेलेर सङ्कलन गरिएको रु ५० हजार ५ सय ६५ आज सम्झनाको बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।
_x000D_
_x000D_
चिकित्सकले २७ वर्षीय सम्झानालाई चाडै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनका बुबा भुवनले बताए। हाल उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
सम्झनाको उपचारमा अहिलेसम्म रु २२ लाखभन्दा बढी रकम खर्च भइसकेको भुवनले बताए। छोरीको उपचारमा सहयोग गरिदिनका लागि उनले सबैसँँग अपिल पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।