• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

बाँकेमा बन्यो नेपालकै पहिलो हरित होटल

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २४, २०७५  १२:१९
1140x725

नेपालगञ्ज- सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ। ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पुर्‍याएको हुन्छ तर भुजइगाउँ, वासुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूलन छ। यो होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ। 

_x000D_ _x000D_

हेर्दा सामान्य होटल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ। कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ। ‘जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रुपमा प्रयोग गर्दै आएको छ। 

_x000D_ _x000D_

वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिवेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्काले बताए। 

_x000D_ _x000D_

होटलको संरचना, होटल बन्ने क्षेत्र लगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको जानकारी उनले दिए। हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो। एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएकोे छ। फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार छ। 

_x000D_ _x000D_

रेडियन प्रविधि खासगरी युरोपियन जर्मनी, क्यानाडालगायत मुलुकका होटलमा छ। मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको छ, स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि शुरु गरिएको महाप्रबन्धक खड्काको भनाइ छ। 

_x000D_ _x000D_

विद्युत्मा मितव्ययिता अपनाएको उक्त होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तातोमा बस्न नसक्नेहरुका लागि उपयोगी पनि छ। बाहिरबाट आएको हावालाई प्रशोधन गरेर भित्र पठाउने र सोही हावा बाहिर जाँदा अझ सफा गरेर पठाइन्छ। चुलोबाट निस्कने धुँवालाई कार्बनरहित बनाइन्छ। 

_x000D_ _x000D_

जर्मनी प्रविधि भए पनि यसको व्यवस्थापन नेपाली इञ्जिनियरले गरेका हुन्। होटलका इञ्जिनियर सुमन वाच्छा अहिलेको समकालीन विश्व वातावरण र जलवायु परिवर्तनको मुद्दा जल्लोबल्दो रहेको सन्दर्भमा पर्यावरण सन्तुलन कायम गर्ने उद्देश्यले यो प्रविधि अपनाइएको उल्लेख गरे।  

_x000D_ _x000D_

ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन्। जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ। छिडरले पानी प्रत्येक कोठामा पठाउँछ। ठाउँ ठाउँमा सेन्सर जडान गरिएको छ। भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसोे कति तापक्रममा छ भन्नेकुरा सहजै थाहा पाउन सकिन्छ। यसका लागि साढे पाँच लाख लिटरको पानी ट्याङ्की राखिएको छ। फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको छ। 

_x000D_ _x000D_

करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल र काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो। एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको सो होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन्। अबको एक महिनाभित्रै क्यासिनो सुरु गरिने योजना छ । 

_x000D_ _x000D_

उक्त होटललाई पाँच तारे होटलको मान्यता दिलाउन पर्यटन विभागले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। होटलमा ८१ कोठा छन्। यहाँ एकजना एक रात बस्न चाहेमा चार हजार ३ सय खर्चनुपर्ने छ। डोल्पा, रारा, मानसरोवर जाने पर्यटक यो होटलमा बस्ने गरेका छन्। सन् १९६५ मा काठमाडौँमा स्थापना भएको उक्त होटलले नेपालगञ्जका अलावा चाँडै पोखरा र भैरहवामा समेत दुई होटल सञ्चालन गर्ने योजनामा छ। 

_x000D_ _x000D_

होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले सोल्टी वेस्टेन्ट प्रिमियर पूर्ण वातावरणमैत्री होटल भएको र यस्ता होटललाई प्रोत्साहन आवश्यक भएको बताए। 

_x000D_ _x000D_

“होटलले पाँच तारे मान्यता पाउने प्रक्रियामा छ, अब नयाँ आउने होटलले पनि यस्ता प्रविधि अपनाउँछन्। पर्यटकले वातावरणमैत्री होटल खोज्छन् अहिले अन्तर्राष्ट्रिय ट्राभल ऐजेन्सीहरुले वातावरणमैत्री होटल खोजेर बुकिङ गर्ने गरेका छन्”, उनको भनाइ छ। नेपालगञ्जमा सुविधासम्पन्न करीब २० होटल छन्। हानको नेपालगञ्ज च्याप्टरमा आबद्ध ४० भन्दा बढी पर्यटकस्तरीय होटल छन्। रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन सिफारिस
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति सोमबार, चैत १६, २०८२
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन सिफारिस सोमबार, चैत १६, २०८२
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, चैत १५, २०८२
ओली र लेखकको म्याद थपको बहस सकियो, निर्णय केही बेरमा आइतबार, चैत १५, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय आइतबार, चैत १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्