दमासकस- अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ। सिरियाको पूर्वी प्रान्त डेइर अल जौरमा यो घटना भएको अधिकारीहरुलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले जनाएको छ। 
_x000D_
_x000D_
मारिनेमा महिला र बालबालिकासमेत रहेका छन्। कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट (आइएस) आतङ्ककारीविरुद्ध उक्त कारबाही चलाएको बताइएको छ। 
_x000D_
_x000D_
उक्त हवाई कारबाही इराकसँगको सिमानामा पर्ने इयुफ्राटीज नदीनजिकै भएको थियो। यस क्षेत्रमा आतङ्ककारीहरुको रहेको सूचनाको आधारमा हवाई कारबाही भएको गठबन्धन सेनाले जानकारी दिएको छ। पछिल्लो समय त्यस क्षेत्रमा हवाई आक्रमणहरु भइरहेका छन्। 
_x000D_
_x000D_
सिरियामा आतङ्ककारीलाई लक्ष्य गरी गरिने हवाई कारबाहीमा परी बारम्बार सर्वसधारणको ज्यान जाने गरेको छ।
_x000D_
_x000D_
सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदविरुद्ध जनआन्दोलन सुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृह युद्धमा परिणत भयो।
_x000D_
_x000D_
उक्त गृहयुद्धमा अल कायदा र आइएस जस्ता आतङ्ककारी समूह हाबी हुँदै गए। सन् २०११ देखि हालसम्म यस युद्धमा परी ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा सर्वसाधारण घाइते हुनुको साथै आफ्नो देशमा र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन्।सिन्ह्वा
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।