हेटौंडा- पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश ३ ले पर्यटन विकास आयोजना स्थापना गरेको छ।
_x000D_
_x000D_
आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र कार्यरत छन्।
_x000D_
_x000D_
नयाँ पर्यटकीय क्षेत्रको गन्तव्यको पहिचान गर्ने उद्देश्यले स्थापित उक्त आयोजनाका लागि सङ्घीय सरकारबाट रु १० करोड अनुदान तथा प्रदेश सरकारबाट रु ९१ करोड गरी कूल रु एक अर्ब एक करोड बजेट विनियोजन गरिएको छ।
_x000D_
_x000D_
पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य निकाय नभएकाले यस सम्बन्धी सम्पूर्ण काम हेर्ने गरी प्रदेश ३ सरकारले सो आयोजना स्थापना गरेको हो। आयोजनाले सङ्घीय सरकार अन्तर्गतका पुरातत्व विभाग, राष्ट्रिय निकुञ्ज, वन विभागलगायतका निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।