काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।
_x000D_
_x000D_
सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराए।
_x000D_
_x000D_
तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरे।
_x000D_
_x000D_
सभापति देउवाले नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाले गरिबी निवारणमा पुर्याएको योगदानको पनि चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।