नयाँ दिल्ली– शाहरुख खानको फिल्म ‘जीरो’ र रितेश देशमुखको फिल्म‘मौउली’ यसभन्दा पहिले एकैदिन रिलिज को मिति एकैदिन थियो।
_x000D_
_x000D_
तर, रितेशले अब आफ्नो फिल्मको मिति बदलिसकेका छन्। रितेशले यो निर्णय शाहरुखको फिल्म ‘जीरो’ को लागि गरेका हुन्। रितेशको यो कामले शाहरुख खुसी भएर रितेशलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्।
_x000D_
_x000D_
शाहरुखले धन्यवाद दिँदै लेखेका छन्, ‘रितेशले प्रमाणित गरेका छन् कि अब उनी ठूलो भइसके। धन्यवाद बेबी, तिमीले मलाई जुन प्रेम र सम्मान दियौ। म धेरै खुसी छु। मलाई यस्तो साथी पाएकोमा निकै खुसी लागेको छ। जो आफ्नो आवश्यकतालाई मेरो आत्म सम्मानबाट माथि राख्छ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
शाहरुखका अनुसार यदि त्यस दिन रितेशको‘मौउली’ त्यही दिन रिलिज भएमा खानको फिल्मको कलेक्शनमा असर पर्ने छ।
_x000D_
_x000D_
किनकी महाराष्ट्रका दर्शकमाझ रितेशको नाम लोकप्रिय छ। यदि एकै दिन फिल्म रिलिज हुने भएमा ‘जीरो’का महाराष्ट्रको व्यवसायमा प्रभाव पर्दछ।
_x000D_
_x000D_
रितेशको यस कदमले उसका प्रशंसले उसलाई धेरै प्रेम गरेका छन्।
_x000D_
_x000D_
किनकि यस्तो साथी निकै कम हुन्छन् जो आफ्नो साथीको लागि आफ्नो फाइदालाई देख्दैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।