काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले १५ सय वा सो बराबर मात्र विदेशी मुद्रा मात्र सटही गराउन परिपत्र गरेको छ। राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र २०७४ मा संशोधन गर्दै भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकलाई एक पटक विदेश जाँदा १५ सय रुपैयाँ सटही सुविधा दिन निर्देशन दिएको हो।
_x000D_
_x000D_
यसअघि विदेश भ्रमणमा जाने नेपालीले नेपाली बैंक, वित्तीय संस्था तथा इजाजतप्राप्त अन्य निकायबाट २५ सय डलर बराबरको सटही सुविधा प्राप्त गर्दै आएका थिए।
_x000D_
_x000D_
उक्त सीमालाई घटाएर १५ सयमा झारिएको हो।
_x000D_
_x000D_
यसैगरी स्थलमार्गबाट तिब्बत र सार्कका अन्य मुलुकमा जाने व्यक्तिहरुलाई भिसा भएमा एक पटकमा ५ सय डलर र एक आर्थिक वर्षमा १ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउन सकिने परिपत्रमा उल्लेख छ।
_x000D_
_x000D_
निजी भ्रमण बाहेक अन्य संघ/संस्था तथा सरकारी प्रयोजनमा जाने व्यक्तिहरुले भने उल्लेखित सीमा लागु हुनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।