काठमाडौं- बिलबिजक नदिने कालिमाटीको एक किराना पसललाई अनुगमन टोलीले जरिवाना तिराएको छ। मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको अनुगमन टोलीले कालिमाटीको सिंह स्टोरलाई ५ हजार जरिवाना तिराएको हो।
_x000D_
_x000D_
सामान बिक्रीवितरण गर्दा बिलबिजक जारी नगरेको पाइएपछि ‘अन दि स्पट’ जरिवाना तिराइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए।
_x000D_
_x000D_
बढी किनमेल हुने चाडबाडको मौका छोपेर उपभोक्ता ठग्ने प्रवृत्ति मौलाएको उनी बताउँछन्। खुद्रा पसल र खासगरी फुटपाथ पसलहरूले अत्यधिक मूल्य बढाएको ठहर विभागको छ। ‘डलरको भाउ उच्च हुँदा केही आयातित वस्तुमा न्यून मूल्यवृद्धि भएको छ,’ विभागमा महानिर्देशक गौचन भन्छन्, ‘थोक पसलमा खासै मूल्यवृद्धि देखिएको छैन, तर केही खुद्रा र फुटपाथ पसलेले अत्यधिक मूल्यवृद्धि गराएका देखिन्छ।’ विभागको अनुगमन पनि त्यस्तै खुद्रा र फुटपाथमा केन्द्रित भएको उनले बताए।
_x000D_
_x000D_
केही दिनअघि विभागले काठमाडौंको न्युरोडको मख्खनस्थित राजु फेन्सी स्टोरलाई पनि ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो।
_x000D_
_x000D_
उपभोक्ता संरक्षण ऐन, २०७५ मा बिलबिजक नदिने फर्मलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म तत्काल जरिवाना गराउने सकिने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।