भैरहवा– विगतका वर्षहरुमा दसैं र तिहारका बेला नेपाली उपभोत्ताले खचाखच भरिने सिमावर्ती बजार सुनौली यसपटक भने सुनसान जस्तै बनेको छ। नेपाली उपभोक्ताको भरमा चलेको सुनौली बजार प्रयाप्त मात्रामा नेपाली उपभोक्ता नगएपछि व्यापारी निरास देखिएका छन्।
_x000D_
_x000D_
सिमावर्ती बजार सुनौलीमा नेपालीहरु चिनी, चियापत्ती, मरमसला देखि भान्साका लागि आवश्यक अन्य सामानसहित लत्ताकपडा खरिदका लागि जाने गर्दछन्। पछिल्लो एक महिनायता नेपाल सरकारले सिमावर्ती बजार सुनौलीबाट चीनी ल्याउन रोक लगाएपछि नेपाली उपभोक्ता अन्य सामान किन्नमा लागि पनि सुनौली नआउने गरेको भारतीय व्यापारी श्याम गुप्ताले जानकारी दिए।
_x000D_
_x000D_
सुनौलीमा बेदांश साडि सेन्टर सञ्चालन गरेर बसेका गुप्ताले भने, ‘नेपाल सरकारले सुनौलीबाट चीनी लैजान रोक लगाएपछि व्यापार ह्वात्तै घटेको छ। चिनी खरिदमा रोक लगाएकै कारण अन्य सामान खरिदका लागि पनि नेपालीहरु आउन छाडेका छन्।’
_x000D_
_x000D_

_x000D_
_x000D_
गुप्ताले कपडाको व्यापारमा पनि विगतको तुलनामा ५० प्रतिशतले गिरावट आएको बताए। व्यापारमा गिरावट आएपछि सुनौलीका व्यापारीहरु निराश देखिएका छन्।
_x000D_
_x000D_
चहलपहल घटेपनि कतिपय सीमावर्ती क्षेत्रका नेपालीहरु भने सामानहरु सस्तो पाइने भएकोले सुनौली जान भने नछोडेको बताउँछन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलकी सीता पौडेलले कपडा लगायतका सामान नेपालमा भन्दा सस्तो पाइने भएका कारण आफू सुनौलीमा आएको बताइन्। भनिन्, ‘सरकारले नेपाली बजारमा पनि सुपथ मूल्यमा गुणस्तरीय सामान पाउने वातावरण बनाउनुपर्छ। तबमात्र किनमेलका लागि नेपालीहरु भारत जाने क्रम घट्नेछ।’
_x000D_
_x000D_
सरकारले सुनौलीबाट चीन आयत रोकेपनि नेपाली बजारमा चिनीको मूल्य र गुणस्तरमा एकरुपता भने ल्याउन सकेको छैन। जसले गर्दा नेपाली बजारमा चिनीको मूल्य ७५ रुपैयाँसम्म लिने गरिएको छ।
_x000D_
_x000D_
चाडपर्वको बेला मात्र नभई विगत केही महिना अघिदेखि नै सुनौलीको व्यापार निरन्तर ओरालो लागिरहेको छ। नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष डा शान्तकुमार शर्मा केही महिनाअघिदेखि भारतीय बजारको तुलनामा नेपाली बजार नै चल्ने गरेको बताउँछन्। ‘नेपाली बजारमा उचित मूल्यमा गुणस्तरीय सामान पाउने हो भने सुनौली बजार कहिल्यै उठ्न सक्दैन।’, शर्माले दाबी गरे।
_x000D_
_x000D_
उनले नेपाली व्यापारीले उपभोक्तालाई आर्कषित गर्नुपर्ने, नेपाली उपभोक्तालाई नेपाली उत्पादनबारे जागरुक बनाउनु पर्ने लगायतका काम गर्नसके नेपाली उपभोक्ता भारतीय बजार नजाने तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।