काठमाडाैं– एन्टिभाइरस उत्पादक कास्परस्की ल्याबले कास्परस्की एन्टिभाइरस २०१९ आजदेखि बजारमा ल्याएको छ। उत्पादन गरेको ३ नयाँ प्रडक्ट नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ।
_x000D__x000D_
कास्परस्की एन्टिभाइरस २०१९, कास्परस्की इन्टरनेट सेक्युरिटी २०१९ र कास्परस्की एन्ड्रोड इन्टरनेट सेक्युरिटी मल्टी डिभाइस र टोटल सेक्युरिटी मल्टी डिभाइसको बिक्री सुरुवात भएको आधिकारिक बिक्रेता सागर टेक्नोलिंकले जानकारी दिएको छ।
_x000D__x000D_
यी एन्टिभाइरसले डेक्सटप, ल्यापटपसँगै ट्याब्लेट र स्मार्ट फोनलाई पनि भाइरसको संक्रमणबाट जोगाउने र डाटाहरु सुरक्षित राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।
_x000D__x000D_
नयाँ प्रडक्टको सुरुवातको अवसरमा मूल्यमा पनि भारी छुट दिइएको छ। कास्परस्कीको एन्ड्रोइड मोबाइल सेक्युरिटी तीन डिभाइसको अधिकतम मूल्य ३४ सयबाट घटाएर १७ सय रुपैयाँ कायम गरिएको भने एक डिभाइसको ८ सय ७५ रुपैयाँ कायम गरिएको छ।
_x000D__x000D_
एन्टी भाइरस प्रडक्टमा १ डिभाइसको ५ सय र ३ डिभाइसको ८ सय ७५ रुपैयाँ तोकिएको छ। यसैगरी कापरस्की इन्टरनेट सेक्युरिटीको १ डिभाइसको ८ सय ७५ र तीन डिभाइसको १७ सय रुपैयाँ तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।