• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक्लोपन, दुःख र संघर्षकी पर्याय नन्दनी, जो १३ वर्षदेखि मकै पोलिरहेकी छिन्

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०१:३९
1140x725

काठमाडौं- गोंगबु चोकबाट करिब ३ सय मिटर दक्षिणतर्फ रेडन कलेज पर्छ। सोही कलेज नजिकैको चोकमा नन्दनी कार्की, ६० वर्ष दिनहुँजसो मकै पोलिरहेको अवस्थामा भेटिन्छिन्। हामी पुग्दा उनी मकै अगेनामा राखेर कार्टुनले हम्किँदै थिइन्। छेउमै केही भुत्ला छोडाउन तयार मकैका घोगा पनि थिए।

_x000D_ _x000D_

करिब १३ वर्ष अघिदेखि यसमै उनको दैनिकी गुज्रिएको छ। नन्दनीका चाउरी परेका गाला देख्दा यस्तो लाग्छ उनले मकै त पोलेकी छिन्, सँगसँगै आगोको रापले उनको उमेरलाई पनि सेकिरहेको छ। तर, उनी त्यही कोइला र आगोको रापलाई नै आफ्नो बाँच्ने कडी मान्छिन्।

_x000D_ _x000D_

‘आगो नहुँदो हो त मकै कसरी पाक्दो हो? मकै नपाके घरमा बिहान बेलुका खाना कसरी पाक्नु नी?’, कार्कीले अगेनामा पकाउन राखेका चार वटा मकैका घोघा फर्काउँदै भनिन्, ‘यसैले त जीवन धानेको छ। अरुलाई पोल्दो हो यो आगोले, तर हामीलाई यसैले जीवन दिएको छ।’

_x000D_ _x000D_

हिजोआजको उनको दैनिकी मकै र आगोसँगै बित्दै आएपनि नन्दनीको विगत भने अहिलेको जस्तो न्यानो र सन्तोषप्रद थिएन। तत्कालीन समय उनी इलाम बरबोटेका एक नाम चलेका व्यक्तिकी श्रीमती थिइन्। तर, वर्षौं भयो उनी आफ्नो श्रीमान्बारे नत कसैलाई बताउन चाहन्छिन्, नत सम्झिन नै।

_x000D_ _x000D_

नन्दनीको विवाह २०२६ सालमा ११ वर्षको बाल्यावस्थामै भएको थियो। एकातर्फ सामाजिक परिपाटी, प्रशस्त जग्गाजमिन भएको घर, अर्कातर्फ पुरुषप्रधान व्यवस्था। नन्दनीले विवाह भन्ने के हो नजान्दै आफूँभन्दा धेरै वर्षले जेठा व्यक्तिसँग बन्धनमा जोडिनुपर्यो। २२ वर्षको उमेरमै उनी दुई छोरा र एक छोरीकी आमा बनिसकेकी थिइन्।

_x000D_ _x000D_

घरव्यवहार सिक्दै सुखदुःख चलिरहेको नन्दनीको त्यसपछिको पारिवारिक अवस्था भने बिर्सनलायक बन्यो। जसको कारक थिए, जिन्दगीभरका लागि साथ दिने भन्दै विवाह बन्धनमा बाँधिएका उनकै श्रीमान्।

_x000D_ _x000D_

त्यतिबेला इलामको बरबोटेमा कार्की परिवारको नाममा झन्डै १ सय ५ रोपनी जग्गा थियो। उक्त जग्गा श्रीमान्ले थाहै नदिई बेचेर बेपत्ता भएपछि नन्दनीको जीवनमा कठिनाइको अध्याय थालनी भएको हो। श्रीमान् बेपत्ता भएपछि विगतसँग जोडिएको र भविष्य मानेको घर आफ्नो भएको भन्दै त्यसअघि चिनजानै नभएका एक व्यक्ति उनका अघि देखा परे। श्रीमान् बेपत्ता भएको पिरलोमा डुबेकी नन्दनीले उनै अपरिचित व्यक्तिबाटै आफ्ना श्रीमान्ले घरखेत बेचेको जानकारी पाइन्। साना बालबच्चाकी आमा नन्दनीलाई त्यतिबेलासम्म आफ्ना श्रीमान्ले के गरिरहेका छन् भन्ने पत्तोसमेत थिएन।

_x000D_ _x000D_

अन्ततः श्रीमान्कै कारण उनले आफ्ना सन्तानसहित घर छाड्नुपर्यो। त्यो समय नत अप्ठेरोमा पारेर छोडेका श्रीमान् नै फर्केर आए, नत आफन्तले नै उनको मर्का बुझिदिए। कहाँ जाने हो, कोसँग सहारा माग्ने हो, उनले कतैपनि फराकिलो बाटो देखिनन्। हिजोसम्म आफ्नाले घेरिएकी नन्दनी अब सहाराविहिन बनिसकेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘अप्ठेरोमा परेका बेला कोही आफ्ना भएनन्।’, साडीको सप्कोले पसिना पुछ्दै नन्दनीले भनिन्, ‘दुःखीगरिबका साथमा अरु कोही नभए पनि भगवान् त साथी होलान् नी भन्ने लाग्यो र काठमाडौं आएँ।’ काठमाडौं आउँदा नन्दनीका साथमा जुगाड गरेर राखेको केही रुपैयाँ र ६ महिनाको काखे छोरो, ६ वर्षको जेठो छोरो तथा ३ वर्षकी छोरीसिवाय कोही थिएन।

_x000D_ _x000D_

पिडाले भरिएको मन र अनिश्चित भविष्यका साथमा उनी ३ सन्तान लिएर काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा झरिन्। केही दिनको कष्टप्रद बसाइपछि उनले गोंगबुमै सानो कोठा भाडामा लिइन्। सोसँगै सुरु भयो नन्दनीको नयाँ ठाउँमा जिन्दगीको नयाँ यात्रा। कोठाको भाडा ३ सय रुपैयाँ बुझाउनुपथ्र्यो। त्यसमाथि कलिला नानीबाबु। नन्दनीका लागि पैसा कमाउनु अनिवार्य बन्यो। उनले ज्यामी काम गर्न थालिन्। त्यतिबेला ज्यामी काम गरे बापत् उनलाई दैनिक २७ रुपैयाँ मिल्थ्यो। यही रकम नै उनको परिवारको जीवन धान्ने साधन बन्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

नन्दनीलाई आफू आमा भएकै कारण त्यतिबेला सन्तानहरुप्रतिको जिम्मेवारीबाट भाग्न नसकेको भन्ने लाग्छ। भन्छिन्, ‘सायद मेरो ठाउँमा श्रीमान् भएको भए सौतेनी आमा ल्याउँथे होलान्।’
_x000D_ त्यसपछि उनले आफ्ना सन्तानकै लागि मात्रै भएपनि संघर्ष गर्नुपर्ने ठहर गर्दै अघि बढिन्। ‘त्यतिबेला जेठो छोरो मात्र ६ वर्षको थियो। बिरामी भएको अनि थकाइ लागेको बेला पनि के भयो आमा भनेर प्रश्न गर्नसक्ने अवस्था थिएन उसको।’, मकै पोल्ने क्रममा घरीघरी निभ्न खोजेको कोइलालाई फु–फु गर्दै नन्दनीले आफ्ना भोगाइ बेलीविस्तार लगाउँदै गइन्, ‘अभावै–अभावका बीचमा पनि केटाकेटीलाई सामान्य अक्षर चिन्न सक्ने मात्र बनाउन सकेँ।’ आफ्नो जीवन मकै पोलेको बेला उडिरहेको धुवाँजस्तै कालो र अध्याँरो लाग्ने गरेको बताउने नन्दनीलाई आफ्ना छोराछोरीले अक्षर चिनेको स्कुलको नामसमेत थाहा रहेनछ।

Xtrem

Xtrem
_x000D_ _x000D_

नन्दनी कार्कीको जीवन दुःख, पिर र पिडाको वरिपरि मात्रै गुज्रिएर होला आजकल कसैको विश्वास लाग्दैन उनलाई। भन्छिन्, ‘संसार सबै स्वार्थमा नै अडिएको छ, सबैले बलेको आगो मात्र त ताप्ने रहेछन् नी, निभेको आगो कसले ताप्छ र?’ 

_x000D_ _x000D_

जेनतेन ज्यामी र मजदुरी गर्दै ४ जना रहेको परिवारको दैनिकी चलेको थियो। तर, उमेर ढल्किँदै गएपछि उनमा साहस पनि हराउँदै गयो। ‘शक्ति छउन्जेल त कामलाई गाह्रो सजिलो केही भनिन। जब शरीरमा बल हराउँदै गयो अनि मकै पोलेर बेच्न सुरु गरेकी हुँ।’, धुवाँले पिरो भएका आँखा मिच्दै नन्दनी पुनः सम्वादमा जोडिइन्, ‘१३ वर्ष भयो मकैले नै जिन्दगी धानेको छ।’

_x000D_ _x000D_

उनले सुरुमा १० रुपैयाँको दरले मकै बेच्ने गरेको सम्झिइन्। बढ्दो मूल्यवृद्धिले हिजोआज औधी पिरोल्ने गरेको बताउँदै नन्दनी भन्छिन्, ‘गएका १३ वर्षमा एक घोगा मकैको मूल्यमा मात्र १० रुपैयाँको फरक परेको छ। तर, तरकारी, नुनतेलको भाउ भने छोइनसक्नु छ। २० रुपैयाँ घोगा मकै बेचेर मेरो एक्लो ज्यान पाल्नसमेत मुस्किल छ।’

_x000D_ _x000D_

हाल उनको साथमा कान्छो छोरा र कलेज पढ्ने भाइका छोराहरु छन्। छोरीको बिहे भइसक्यो भने जेठो छोरा परिवारसहित गोदावरीमा बस्छन्। हिजोआज कताकता उनको मनमा शंकाको बादल मडारिरहन्छ– बुढेसकालमा कतै श्रीमान्ले जस्तै सन्तानले पनि साथ छोड्ने पो हुन् की। ‘जेठो छोरा गोदावरीमा ठेकेदारी गर्दै छुट्टै बस्दै आएको छ। कहिलेकाहिँ मात्र भेट्न आउँछ।’, शंका लागेपनि सन्तानले हेर्लान् नी भन्ने आशा कायमै राखेकी नन्दनीले भनिन्, ‘बुढेसकालका सहारा भनेका उनीहरु नै हुन्, अब के गर्छन्, पछि हेर्छन् हेर्दैनन्, उनीहरुको धर्म न हो।’

_x000D_ _x000D_

जिन्दगीको लामो समय अभावसँगै मित्रता गाँसेकी नन्दनीलाई हिजोआज सन्तानले गर्दै आएको सहयोगले केही राहत मिलेको आभाष हुन्छ। ‘अब त पहिले भन्दा धेरै उज्याला बनेका छन् दिनहरु। जेनतेन मैले पनि कमाएकै छु। छोराछोरीले पनि आमा बिर्सिएका छैनन्।’, अनुहारमा केही चमकता थप्दै नन्दनी बेलिन्। 

_x000D_ _x000D_

चाडबाडको समय छ। उनलाई पनि सन्तानसँगै बसेर मनाउन खुब रहर छ। नन्दनीलाई एक छाक मिठो मसिनो खान र राम्रो लगाउन पाए हुन्थ्यो भन्ने लाग्छ। ‘बुवा चैतमा खस्नु भएकाले यो वर्ष दसैं मनाउन पाइएन। तिहारमा दिदीभाइ जम्मा होलान्, टिका लगाउलान् भन्ने छ।,’ उनले थपिन्, ‘घरमा सबै जना जम्मा भइदिए म आमालाई खुसी हुन अरु के नै चाहियो र बाबु?’

_x000D_ _x000D_

एक्लोपन, दुःख र संघर्ष भन्ने शब्द नन्दनीका लागि पर्याय जस्तै बनेका छन्। त्यसकारण उनी आजसम्म पनि सन्तानमा मात्रै आश्रित छैनन्। कुनैबेला आफ्नो बनाएका श्रीमान् र आफन्तबाट एक्लिएकी उनलाई अझै आफ्नो आत्मबलमा विश्वास छ। भन्छिन्, ‘हातखुट्टा चलिन्जेल र ज्यानले साथ दिइन्जेलसम्म त होनी मान्छेले काम गर्ने। अब त्यति नै त होलानी मैले गर्ने पनि।’

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्