ललितपुर– बाह्रौँ गोदावरी फूल प्रदर्शनी आइतबार सम्पन्न भएको छ। चार दिन सम्म चलेको मेलामा ४४ हजार ५ सय जनाले अवलोकन गरेको ६२ लाख रुपैंयाको कारोबार भएको आयोजकले जानकारी दिएको छ।
_x000D__x000D_
तिहार नजिकिँदै गरेका कारण मेलामा अपेक्षाकृत बढी अवलोकनकर्ताले भ्रमण गरेको बताइएको छ। आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ।
_x000D__x000D_
प्रदेश ३ को भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय र पुष्पविकास केन्द्रको सहयोगमाबिहीबारदेखि फ्लोरीकल्चर एसोसिएसनले मेला आयोजना गरेको हो।
_x000D__x000D_
प्रदर्शनीमा ४ सय ५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष राखिएको थियो। ‘रोपेर पूmल गोदावरी, सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन्।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।