काठमाडाैं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) गर्ने तयारी गरेको छ। मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको पुनर्निर्माण नभई रेट्रोफिटिङ गर्ने तयारी गरिएको हो। आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख एवम् सहसचिव राजुमान मानन्धरले भने, 'सिंहदरबारको रेट्रोफिटिङका लागि केही दिनमै आवश्यक निर्णय लिइने छ।'
_x000D_
_x000D_
प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको कामलाई पुसबाट सुरु गर्ने समेत बताएको छ। सहसचिव मानन्धरले काठमाडौं महानगरपालिकाले आर्थिक चलखेल गर्ने चर्चा भएपछि त्यसको पुनर्निर्माणको लागि उपभोक्ता समिति नै गठन गर्नु परेको पनि स्पष्ट पारे। 'सर्वोच्च अदालतले आदेश दिएसँगै रानी पोखरी पुनर्निर्माणको काम अघि बढाउने बाटो खुला भएको छ,' सहसचिव मानन्धरले भने।
_x000D_
_x000D_
भूकम्पले क्षति पुर्याएका सम्पदा तथा सार्वजनिक भवन पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। हालसम्म १६ वटा सार्वजनिक भवन पुनर्निर्माणको काम सम्पन्न गरिएको र बाँकी २ सय ३० वटा सार्वजनिक भवन पुनर्निर्माणको काम पनि तोकिएकै समयभित्र सम्पन्न गर्ने दाबी उनले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।