काठमाडाैं– नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई क्षमता अभिवृद्धि आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३ सय मिटर धावन मार्ग निर्माणका लागि पुन: कम्पनी छनोट गर्ने भएको छ।
_x000D_
_x000D_
एक वर्ष अगाडि नै धावन मार्ग निर्माणका लागि छनोट भए पनि कम्पनी सम्पर्कमै नआएपछि ठेक्का रद्द गर्दै पुनः निर्माण कम्पनी छनोट गर्न लागिएको आयोजनाका प्रमुख बाबुराम पौडेलले जानकारी दिए।
_x000D_
_x000D_
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको दुई वर्ष हुनै लाग्दा पनि धावन मार्ग निर्माणको काम सुरु हुन सकेको छैन। सान्जोसेसँग २०७३ मंसिरमा ठेक्का सम्झौता रद्द भएको थियो।
_x000D_
_x000D_
विमानस्थलको स्तरोन्नतिमा काम गरिरहेको स्पेनिस कम्पनी सान्जोसेसँग ठेक्का रद्द भएसँगे आयोजनाको कार्यालयले स्तरोन्नतिको कामलाई चार भागमा वर्गीकरण गरी काम अगाडि बढाने निर्णय गरेको थियो।
_x000D_
_x000D_
जसअन्तर्गतको धावन मार्ग विस्तारको कामका लागि छनोट भएका कम्पनी चिनियाँ सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कमै आएको थिएन। निर्माणको जिम्मा पाएर सम्झौता भएपछि पनि कम्पनीले निर्माणका चासो नदेखाएपछि ठेक्का सम्झौता रद्द गर्दै पुनः नयाँ कम्पनी छनोट गर्न लागेको पौडेल बताउँछन्।
_x000D_
_x000D_
कम्पनी छनोटका लागि यसअघि नै प्राविधिक रुपमा सक्षम तीन वटा कम्पनीबीच पुनः आर्थिक प्रस्ताव माग गरिएको उनको भनाइ छ। ‘आर्थिक प्रस्ताव पेस गर्ने अन्तिम समय भोलि सोमबार हो’ पौडेलले भने, ‘अबको एक महिनापछि धावन मार्ग निर्माणका लागि नयाँ कम्पनी छनोट हुनेछ।’
_x000D_
_x000D_
कम्पनीलाई १८ महिनाको समय दिइने उनको भनाइ छ। धावन मार्ग विस्तारको कामलाई आयोजनाले एनसिबी एक अन्तर्गत राखेको छ। यसैगरी विमानस्थल स्तरोन्नतिको एनसिबी २ अन्तर्गत रहेको इन्टरनेसनल टर्मिनल भवन विस्तारको काम भने भइरहेको छ।
_x000D_
_x000D_
यसको पनि काम सम्पन्न हुनुपर्ने समय अवधि भने सकिसकेको छ। एनसीबी २ नम्बरको काम नेपाली निर्माण कम्पनी शर्मा प्रेरा आशिष जोयन्ट भेन्चरले गरिरहेको छ। यो कामको कुल लागत भने ७७ करोड रुपैयाँमा रहेको छ।
_x000D_
_x000D_
यसैगरी एनसिबी ३ अन्तर्गतको काम पनि सन् २०१९का मे भित्र सम्पन्न हुने प्राधिकरणको भनाइ छ। एनसीबी ३ अन्तर्गत वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउसलगायत काम रहेको छ। यो काममा लागि प्राधिकरणले लगभग १.८ मिलियन अमेरिकी डलर खर्च गर्दैछ।
_x000D_
_x000D_
तर, कामको वर्गीकरण गरे पनि आयोजनको कार्यालयले अहिलेसम्म सबैभन्दा गाह्रो खर्च बढी लाग्ने कामको बोलपत्र आह्वान गर्न सकेको छैन।
_x000D_
_x000D_
विमानस्थल स्तरोन्नतिमा सबैभन्दा गाह्रो कामअन्तर्गत एप्रोन र ट्याक्सी वे निर्माण हो। प्राधिकरणले यो कामलाई एनसीबी ४ अन्तर्गत राखेको छ।
_x000D_
_x000D_
आयोजन प्रमुख पौडेलका अनुसार यो काममा लागि बोलपत्र आह्वान गर्ने आवश्यक सहमतिका लागि एसियाली विकास बैंक आवश्यक छलफल भइरहेको जानकारी दिए। एडिबीबाट स्वीकृत भएलगत्तै यो काम पनि अगाडि बढ्ने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।