• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनिश्चिततातिर धकेलिंदै कांग्रेस : महासमिति र केन्द्रीय कार्यसमिति बैठक अनिश्चित, नेविसंघ विघटनको संघारमा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  १०:०९
1140x725

काठमाडाैं– नेपाली कांग्रेस थप अनिश्चिततातर्फ धकेलिएको छ। केन्द्रीय समितिको बैठक र नेविसंघको महाधिवेशन अनिश्चित भएसँगै महासमितिको बैठक पनि सारिएको छ। महासमितिको बैठक सार्ने औपचारिक निर्णय भने भइसकेको छैन।

_x000D_ _x000D_

धकेलियो महासमिति बैठक

_x000D_ _x000D_

महासमिति बैठक महाधिवेशनपछिको शक्तिशाली निकाय हो। कांग्रेसको विधान संशोधन गर्ने अधिकार महासमिति बैठकलाई हुन्छ। पराजयपछिको कांग्रेसलाई नयाँ जीवन दिन बहुप्रतिक्षित रुपमा हेरिएको महासमिति बैठक अन्ततः सर्ने भएको छ।

_x000D_ _x000D_

घोषित मितिमा महासमितिको बैठक नहुने निश्चित भए पनि नयाँ मिति भने टुंगो लाग्न सकेको छैन। महासमिति बैठक सर्नुलाई नेताहरुले फरकफरक अभिव्यक्ति दिएर पुष्टि गर्ने प्रयास गरेका छन्। विधान मस्यौदा समितिको कार्य नसकिनु, पर्व तथा केन्द्रीय कार्यसमितिमा प्रर्याप्त छलफल हुन समयाभाव भएकाले सार्नुपरेको संस्थापन पक्षका नेताहरुको दाबी छ।

_x000D_ _x000D_

अर्को पक्षका नेताहरु भने संस्थापन पक्षको तर्कलाई स्विकार्ने पक्षमा छैनन्। महासमितिको बैठक पर–पर सार्ने नियतले नै संस्थापन पक्षले पछिल्लो कदम चालेको इतर समूहको निचोड छ।

_x000D_ _x000D_

युवा नेता प्रदीप पौडेलले संस्थापन पक्षको नियत नै महासमिति बैठक पर सार्ने भएकोले रोकिएको बताए। ‘महासमिति सर्नुमा खासै कारण छैन’ उनले भने, 'रुचि नभएर हो। धकेलेर पछाडी लाने मनसाय भएकाले अनिश्चित भएको हो।’

_x000D_ _x000D_

विधान मस्यौदा टुंगिन बाँकी रहेको बहाना बनाइएको उनले बताए। टुंगिन बाँकी खासै विषय नै नरहेको पौडेलको दाबी छ। ‘महासमिति गर्ने हो भने बिदाको समयमा पनि विधान मस्यौदा समितिले काम गर्नुपर्छ,’ उनले भने। पदाधिकारीको संख्या र निर्वाचित वा मनोनित गर्ने विषयमा मतान्तर भए फरक मतसहित केन्द्रीय कार्य समितिमा पेस गर्न सकिने विकल्प उनले सुनाए।

_x000D_ _x000D_

प्रवक्ता विश्वप्रकाश शर्मा विधान मस्यौदा समितिमा रहेका पौडेलको भनाइलाई पूरै इन्कार गर्छन्। विधान मस्यौदा समितिले आफ्नो कार्य नसकी केन्द्रीय समिति बस्न नसक्ने उनले बताए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

‘विधानमाथि छलफलका लागि पर्याप्त समय अभाव हुन्छ,’ उनले भने, ‘केन्द्रीय सदस्य सबैले धारणा राख्न पाउनुपर्छ। त्यसका लागि केही समय सर्ने हो। सारेर २०७५ बाट २०९० सालमा पुर्‍याउने त होइन नि।’ नियत खराब भएर सार्न लागेको भनाइप्रति शर्माले प्रतिवाद गरे।

_x000D_ _x000D_

पर्वहरुका कारणले तयारी पूरा हुन नसक्दा बैठक सार्न लागिएको मस्यौदा समितिका सदस्य दिलेन्द्र बडुले जानकारी गराए। महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म बस्ने मिति तय गरिएको थियो। त्यसका लागि मूल आयोजक समिति र उपसमितिहरुसमेत गठन गरिसकिएको थियो।

_x000D_ _x000D_

बस्नै नसक्ने केन्द्रीय कार्यसमिति

_x000D_ _x000D_

विभागहरु गठन हुन नसकेको भन्दै सभापतिको आलोचना निर्वाचनमा पराजयपछि बढेको थियो। भदौको सुरुवातदेखि सभापति देउवा विभागहरु गठन गर्ने तयारीमा लागेका थिए। उनले आफूपक्षीय नेताहरुसँग वार्ता गरी तयारी अघि बढाएका थिए। ४२ विभागहरुमध्ये तत्कालका लागि देउवाले अनुशासन र कार्यसम्पादन समिति चयन गर्न पहल गरेका थिए।

_x000D_ _x000D_

कार्य सम्पादन र अनुशासन समिति गठन गर्न भन्दै भदौ ९ मा बैठक डाकिएको थियो। तर, बैठक बस्न सकेन। भदौको तेस्रो साताको लागि पुनः बैठक बोलाइयो। कार्यसम्पादन समिति गठन गर्न चासो कम देखाएर अनुशासन समिति गठनतर्फ मात्रै ध्यान मोडेको भन्दै विवाद भयो। संस्थापनइतर समूहको असन्तुष्टिले २१ भदौको बैठक बस्दै नबसी रोकियो। बैठक पुनः २९ को लागि डाकियो। अनुशासन समितिमा रहने व्यक्तिहरुमा सहमति हुन नसकेपछि भदौ २९ को बैठक पनि स्थगित गरियो।

_x000D_ _x000D_

अनुशासन र कार्यसम्पादन समितिको कारणले बैठक बस्न नसकेपछि उक्त विषयहरुलाई थाती राख्दै असोज २१ मा नेविसंघको विषयमा छलफल गर्न बैठक पुनः बोलाइयो। विषयान्तर भएर विषयमा छलफल भए पनि विवाद उत्कर्षमा पुग्यो। नेविसंघको १२ औं महाधिवेशनमा उमेरहद लगाउने विषयमा पार्टीका समूहबीच विवाद उत्पन्न भएको थियो।

_x000D_ _x000D_

विवादकै बीच संस्थापन पक्षले उमेरहद ३२ वर्ष कायम हुने निर्णयलाई बहुमतले पारित गरेको थियो। त्यस निर्णयबाट रुष्ट बनेको इतर समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि असोज २५ गते बोलाइएको बैठक अनिश्चितकालको लागि रोकिएको थियो।

_x000D_ _x000D_

कार्यक्रमविहीन नेविसंघ

_x000D_ _x000D_

नेविसंघको वर्तमान कार्यसमितिको कार्यवधि २ मंसिरमा सकिंदैछ। पार्टीको बैठक बस्न नसक्दा संघ कार्यक्रमविहीन बन्न पुगेको छ। संघको विधानअनुरुप बढाइएको तीन महिने कार्यकाल सकिएसँगै मंसिर पहिलो साताबाट विघटन हुनेछ।

_x000D_ _x000D_

माथिल्लो निकायको जिम्मेवारी विहीनताको शिकार ‘नर्सरी संगठन’ नेविसंघ हुन पुगेको छ। संघको कार्यसमितिले पार्टीलाई पेस गरेको विधानमा पार्टी संस्थापन पक्षले ‘तोडमोड’ गरेपछि विवाद झांगिएको छ। संघलाई विधान उपलब्ध गराइएको छैन। विद्यमान कार्यसमितिलाई विघटन, निरन्तरता वा तदर्थ समिति गठनका बारेमा पनि पार्टी मौन छ।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
सम्बन्धित सामग्री
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड ‘यहाँ सबै घटकमा एउटै विचार देखेँ। एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ। नयाँ शक्ति निर्माण भयो’,... बुधबार, कात्तिक १९, २०८२
वामदेव गौतमले मागे पार्टी र नेतृत्वको आर्थिक स्रोत ‘पार्टी एकता धेरै भयो। तर पार्टीको आर्थिक स्रोत के हो ? कार्यकर्ताको स्रोत के हो ? जनताको स्रोत के हो ? पुँजीपतिसँग गएर चन्दा उठाउने... बुधबार, कात्तिक १९, २०८२
हाम्रो अग्निपरीक्षा सुरु हुँदैछ: माधवकुमार नेपाल ‘हाम्रो अग्निपरीक्षा अब सुरु हुँदै छ। जनताले हामीलाई नियालिरहेका छन्’, नेपालले भने, ‘यो पुरानै पार्टीको रूप होइन, पुराना हाम्रा पार्... बुधबार, कात्तिक १९, २०८२
ताजा समाचारसबै
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्